• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    धार्मिक महत्वको लुङबुक गुफा

    धार्मिक महत्वको लुङबुक गुफा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

by
२४ मंसिर २०७९,
0
पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ मंसिर । विमान चालक दलको टोलीले खबर ग¥यो अनामपुरबाट उडेको ‘एबिसी एयरलाइन्सको ए ३२० एयरक्राफ्ट’ विमान २५ माइल आइपुग्दा दाहिने इन्जिनमा समस्या देखियो, फेरि खबर आयो–१० माइलमा नजिक आइपुग्दा दुवै इन्जिन फेल भए ।

जहाजले तत्काल पुन प्रायोरिटी माग्यो ! पोखरा विमानस्थलको कन्ट्रोल टावरले विमानलाई तत्काल प्रायोरिटी दियो ।जहाज अवतरण गर्ने क्रममा रन वे ३–० धावन मार्गको दायाँबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो । एक्कासी विमानस्थलको बीच भागमा कालो मुस्लोसहितको आगो बल्न थाल्यो । एकैछिनमा विमानस्थल युद्धस्थल जस्तो बन्यो, चर्को आवाजसहित चिच्याहट हुन थाल्यो । गुहार मागेको आवाज दुर्घटना स्थलबाट आइरह्यो ।

दुर्घटनाको खबर बिजुली गतिमा फौलियो । विमानस्थलको कन्ट्रोल रुमबाट आपतकालीन खबर पुगिसकेको थियो । दुर्घटना स्थानमा बिजुली गतिमा अग्नि नियन्त्रक गाडी पुग्यो । चर्को स्वरमा यात्रु रोइरहेको आवाजहरु थिए । चालक दलसहित यात्रुले गुहार मागिरहेका थिए । कोही भनिरहेका थिए, ‘आमा बचाउँ, पानी ।’ अग्नि नियन्त्रण टिमले ५ मिनेटभित्रै विमानमा लागेको आगो निभायो । विमानमा दुर्घटनामा परेका यात्रु यत्रतत्र छटपटाइरहेका थिए । कोही आफन्तालाई सम्झदै भन्दै थिए, ‘मलाई छिट्टो अस्पताल लैजाऊँ !’

आगो नियन्त्रणसँगै, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, घटनास्थलमा पुगे । घटनामा खटिएका सुरक्षा निकायहरु प्राथमिकताका आधारमा बिरामी छनोट गर्दै ह्वल्चियरमा बोक्दै बिरामी वर्गीकरण गर्न थाले । प्रायोरीटी १, प्रायोरीटी २, प्रायोरीटी ३, प्रायोरीटी ४ मा राख्न थाल्यो । यता नेपाल प्रहरीले विमानस्थल सिलबन्दी गरिसकेको थियो । प्राथमिकताका आधारमा तत्काल बिरामीको उपचार थालियो । नेपाल प्रहरीले थप पुलिस फोर्स मग्यो । केहीले एम्बुलेसन्स ढिला आएको गुनासो गाइगुइ गर्न थाले । सुरुमा १÷२ वटा मात्र एम्बुलेन्स देखिए पनि दुर्घटना भएको आधा घन्टापछि एम्बुलेन्सको संख्या बाक्लै देखिन थाल्यो । प्रायोरिटी १ मा राखिएका बिरामीलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइयो । केही बेरमै प्रभुको हेलिकोप्टर घटनास्थलमा आइपुगेपछि बिरामी ओसार्ने काम थप तीव्र भयो ।

सुरक्षाकर्मीले प्रथामिकताका आधारमा ह्विलचियरमा राख्दै चोटपटक लागेकालाई सुरक्षित किनारामा ल्याए । किनारामा ल्याएर प्रथामिकत उपचार गर्न थालियो । घटनामा खटिएका प्रहरीले पत्रकारसँग कुरा गर्दै घटनास्थलमै ४५ जनाको मृत्यु भइसकेको जानकारी दिए । ती प्रहरीले भने, ‘मृतकको सनाखत हुन बाँकी छ । पोस्टमार्टमका लागि केही बेरमा अस्पताल लैजान्छौं ।’ प्रथामिकताका आधारमा केही स्वास्थकर्मीले घटनास्थल नजिकै प्राथमिक उपचार गरिरहेका थिए । यति बेरसम्म अस्पतालबाहिर गाईंगुई सुरु भइसकेको थियो । आफान्तको चिच्याहट छँदै थियो । प्रहरीले दुर्घटना स्थलमा प्रवेश गर्न रोक लगाएपछि माहोल तातेको थियो । चालक दलसहित १ सय ८० जना यात्रु चढेको विमान दुर्घटना हुँदा ४५ यात्रुको निधन भएको जानकारी प्रहरीले गराएको थियो । १ सय ३५ जना सामान्य घाइते, २७ जनाको अवस्था गम्भीर रहेको खबर थियो । यो पुस १७ गतेबाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार देखिएको कृत्रिम दृष्य हो । शनिबार साच्चिकै विमान दुर्घटना भएको थिएन । सधैं झै विमानस्थल उस्तै थियो । तर के थाहा ! अब आन्तरिक र अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएपछि जुनसुकै बेला दुर्घटना हुन सक्छ ।

त्यसैलाई ख्याल गरी नागरिक उड्डयान प्राधिकरणले आपतकालीन उद्धार कसरी गर्ने भनेर प्रयोगात्मक अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधि सम्लग्न थिए । दुर्घटनाग्रस्त जहाज नियन्त्रणमा लिएर यात्रुको उद्धार गर्दासम्म करिब २ घण्टा समय लागेको विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।विमानस्थल सञ्चालन आएपछि भवितव्य, कुनै पनि दुर्घटनालाई न्यूनीकरण गर्न र जोखिम काम गर्न छिटोभन्दा छिटो उद्धार गर्न आपतकालीन अभ्यास गरिएको जोशीले बताए । विमानस्थल सञ्चालनमा ल्याउन सबै तयारी पूरा गरिसकिएको जोशीले जानकारी दिए । ‘उडान भर्न हामीसँग २ वटा समस्या थिए । ती विस्तारै समाधान हुनेतर्फ गएका छन् । डाँडा कटान भइरहेको छ । पोखरा महानगरले पनि ल्याण्डफिल साइटमा फोहोर नफाल्ने वाचा गरिसक्यो जोशीले भन्नुभयो ।

Previous Post

पोखरा –१५ मा सरसफाइको छैटौं श्रृंखला

Next Post

पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

सम्बन्धित खबर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

१ चैत्र २०८२,
इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
Load More
Next Post
पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In