नेपालीले महान चाड बडादसैँ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ।
कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन गरिन्छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।
घर घर मा भएको जमरा लाई पनि आजै नजिक को नदी वा तलाउ मा लागि सेलाइन्छ। दसैं को पैलो दिन आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार आफ्ना परिवार र आफन्त सग रमाइलो गरी मनाउने गर्छन् ।
आज घर घर मा पूजा आराधाना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने जन विश्वाश रहेको छ । माता दुर्गा का तीन रुप मध्य एक महालक्ष्मी रुप को पूजा गरेर आज दुर्गा पुजा ( दशै ) लाई बिदा गरिन्छ ।













