देशमा करिब दुई साता मनसुन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन असोज १६ गतेसम्म कायम रहने अनुमान गरिए पनि मध्यपश्चिम बंगालको खाडी र आसपासबाट आएको मनसुन न्यून चापीय प्रणालीले नेपालमा प्रभाव पारेकाले यो एक साता लम्बिएको हो ।
नेपालमा असार ५ गतेदेखि सुरु भएको मनसुन एक सातापछि बाहिरिने महाशाखाले जनाएको छ । मंगलबारदेखि मौसम सफा हुनेछ ।













