बेलायतको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट महारानी एलिजाबेथ द्वितीयको स्कटल्याण्डको बालमोरलमा ९६ वर्षको उमेरमा निधन भएको छ । लाखौंले शोक र श्रद्धाञ्जली व्यक्त गर्दा, दक्षिण एसियामा भारत र पाकिस्तान जस्ता पूर्व ब्रिटिश उपनिवेशहरूमा उनको मृत्युको मिश्रित प्रतिक्रियाहरू आए । सन् १९५३ मा गद्धि आरोहण संगै एलिजाबेथ द्वितीय एक दर्जन भन्दा बढी राष्ट्रहरु को महारानी बन्नुभयो। उनको सात दशक लामो शासनकालमा बेलायत लगायत अन्य सबै बेलायती उपनीवेशहरुमा संक्रमणकाल फैलिएको थियो। बेलायती साम्राज्यको मुकुटको गहनाको रूपमा चिनिने, रानीको राज्याभिषेक हुनुभन्दा केही वर्षअघि मात्र दुई शताब्दीभन्दा लामो औपनिवेशिक शासनपछि सन् १९४७ मा भारत स्वतन्त्र राष्ट्र बनेको थियो। ब्रिटिस शासनको अन्त्यले विभाजित राष्ट्र भारतलाई रक्तपात पूर्ण पदचाप छाड्यो, नयाँ देश पाकिस्तानको जन्म भयो । भारत पाकिस्तान बिचको रक्तपात र लाखौं मान्छेहरुको धर्मका आधारमा बलजफ्ती गरेको बसाँइसराईको त्रास आज पनि बिश्वभरि छ । जसको क्रममा १० लाख भन्दा बढी मानिस मरे र लगभग एक करोड ५० लाख बिस्थापित भए । रानीको मृत्यु पछि राजतन्त्रसँगको आफ्नो देशको सम्बन्धलाई प्रतिबिम्बित गर्दै भारतका केहि टिप्पणीकारहरूले द इन्डिपेन्डेन्टलाई आफ्ना धारणाहरु बताएका छन् । स्वतन्त्र भारत र पाकिस्तानको आधुनिक इतिहासहरू तिनीहरूको औपनिवेशिक विगतसँग आन्तरिक रूपमा सम्बन्धित छन् । बेलायतले विश्वव्यापी प्रभुत्वबाट पछि हटेकोले रानीले यी देशहरूको लागि भू(राजनीतिक सम्बन्धमा परिवर्तनलाई धेरै तरिकामा प्रतिनिधित्व गरेको इतिहास छ । मृदुला मुखर्जी, एक अग्रणी इतिहासकार र दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको ऐतिहासिक अध्ययन केन्द्रका पूर्व अध्यक्षका अनुसार भारतको स्वतन्त्रताको पहिलो दशकदेखि नै रानीलाई भारतमा न्यानो स्वागत गरिएको थियो।
रानीलाई भारतका प्रथम प्रधानमन्त्री, जवाहरलाल नेहरू द्वारा रातो कार्पेट स्वागत गरिएको थियो। हामीले बेलायती साम्राज्यवादी व्यवस्थालाई परास्त गर्न मात्र चासो राखेका थियौं तर बेलायती जनताप्रति कुनै घृणा थिएन, मुखर्जीले बताइन। भारतीय उपमहाद्वीपले औपनिवेशिक शासनबाट पीडा भोगेको भए पनि भारतले विवादको विरासत जारी राख्न नचाहेको उनले थपिन ।
“यो साँचो हो कि दुई शताब्दीको औपनिवेशिक शासनले अर्थतन्त्रलाई नराम्रो अवस्थामा छोडेको थियो, सन् १९४७ मा भारत अनेक हिसाबले धरमराएकै अवस्थामा थियो । जब उनी रानी बनिन्, बेलायती साम्राज्यले आफ्नो मुकुटमा रत्नु गुमायो अर्थात भारतलाई गुमायो । रानले बेलायतको विश्वव्यापी प्रभुत्वबाट पछि हट्ने कदमको गर्नुपरेको थियो, र उनले लचिलोपन र संयमका साथ त्यसो गरिन् ।
अगस्टमा भारतको स्वतन्त्रताको ७५ वर्ष पूरा भएको बेला, प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी बीजेपी नेतृत्वको संघीय सरकारले औपनिवेशिक दासत्वू को अन्त्य गर्ने प्रतीकहरूमा केन्द्रित कार्यक्रमहरूको श्रृंखला घोषणा गरिरहेको थियो । बिहीबार साँझ, महारानीको स्वास्थ्य बिग्रिएपछि, श्री मोदीले औपनिवेशिक युगको ल्यान्डमार्क, दिल्लीको नयाँ मर्मत गरिएको सेन्ट्रल भिस्टा पुनस् सुरुवात गर्दै थिए, र यसको केन्द्रीय बुलेभार्ड राजपथ (यो स्वतन्त्रता अघि किंग्सवे थियो) को नाम बदलेर कर्तव्य पथ (कर्तव्य पथ) राखिने कार्यक्रममा थिए ।
एलीजावेद भारतीय स्वतन्त्रताको छ वर्ष पछि रानी बन्नुभयो। गान्धी आफैले उनलाई खादीको कपडाको एक टुक्रा उपहार स्वरूप दिएका थिए। दोस्रो एलिजाबेथन युगको अन्त्यसँगै अब दक्षिण एसियाका नयाँ नेताहरूले विभाजनको औपनिवेशिक युगको विरासतमा जरा गाडेका आफ्ना मतभेदहरू छोड्ने समय आएको छृभारत र पाकिस्तान बीचको युद्ध र कश्मीरको मुद्दा सहित अधूरो शान्ति अब कायम गर्ने समय आएको छ ।













