काठमाडौंको कपनमा बुधबार साँझ आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।कापनमा एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको सनाखत हुन सकेको छैन भने शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । घटनामा अन्य केही पनि घाइते भएको प्रहरीले जनाएको छ । आगो काठमाडौं, ललितपुर र भक्तपुरका दमकलले नियन्त्रणमा लिएका थिए ।













