• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

metakhabar by metakhabar
१२ साउन २०८२,
0
परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १२ साउन : नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो ।

सङ्घद्वारा यहाँ आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागिहरुले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चिता गराउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्नुहँुदै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने जानकारी दिनुहुँदै प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजनसमेत गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले सबै जनतामा गुणस्तरीय स्वास्थ्यको पहुँच अभिवृद्धि गर्न उच्च प्राथमिता एवं लगानी गरेको छ । यसक्रममा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी वृद्धि गरिने छ ।” मन्त्री पाठकले गण्डकी प्रदेशमा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि नेपाल परिवार नियोजन सङ्घले गरिरहेको सेवाको प्रशंसा गर्नुहुँदै अगामी दिनमा सेवा जारी राख्न सङ्घलाई आग्रह गर्नुभयो । उहाँले यसका प्रदेश सरकारले सङ्घलाई सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेशसभा सदस्यहरु सरस्वती गुरुङ, प्रकाश बराल, देवका पहारी, गणेशमान गुरुङ र नन्दकला नेपालीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारेमा प्रतिबद्धता जनाउँदै परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी नीति तर्जुमा र बजेट विनियोजन गर्न समेत सहयोग गर्ने बताउनुभयो ।

यसैगरी प्रदेश नीति तथा योजनाका सदस्य दुर्गा अधिकारी र स्वास्थ्यकर्मी विद्या कोइरालाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना, प्रजनन स्वास्थ्य अधिकार अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशमा लैङ्गिक असमानता दर बढेको बताउनुभयो । उहाँका अनुसार ४५ हजार छोरा जन्मिएकामा ३९ हजार मात्र छोरी छन् ।
नेपाल परिवार नियोजन सङ्घका अनुगमन मूल्याङ्कन निर्देशक चेतराज जोशीले परिवार योजनामा लगानी गर्दाका फाइदा एवं विपद्का समयमा परिवार व्यवस्थापन तथा प्रजनन स्वास्थ्य सेवाका आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो । सोही कार्यक्रममा मन्त्री स्वास्थ्यमन्त्री पाठकले गण्डकी प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने एवं प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि लिखित प्रतिबद्धता जनाउनु भएको थियो ।

अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका सभापति नवीन सिग्देलले सङ्घले गरिरहेका कामका बारेमा जानकारी दिनुहँुँदै परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्यका बारेमा ग्रामीणस्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिकाका अध्यक्ष देवीजङग गुरुङ, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना लगायतले परिवार व्यवस्थापन तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्व र लगानी बढाउन पैरवी आवश्यता रहेका बताउनुभयो ।

Previous Post

बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा

Next Post

‘कोयोट’ मालवेयरको आक्रमण: स्क्रिनमार्फत बैंक विवरण चोरी, साइबर सुरक्षामा नयाँ चुनौती

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
‘कोयोट’ मालवेयरको आक्रमण: स्क्रिनमार्फत बैंक विवरण चोरी, साइबर सुरक्षामा नयाँ चुनौती

‘कोयोट’ मालवेयरको आक्रमण: स्क्रिनमार्फत बैंक विवरण चोरी, साइबर सुरक्षामा नयाँ चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In