• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

by
७ माघ २०७९,
0
पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन्। राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन्।

बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२–६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए। त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो। समय बदलिएसँगै उनका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उनी अहिले कुनै दलमा छैनन्। उनी अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लागेका हुन्।

विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २९२० बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाएनन्। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उनलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उनी गाउँ फर्किएका हुन्। तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ। थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन।

कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्, उनले भने, ुजब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु।

उनले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गरेका छन् थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थालेका छन्। गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताए।

आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ, थापाले भने, पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार–पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखेँ।

सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताए। सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन्।

अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन्। बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ।

Previous Post

अवैध सालसहित एक जना पक्राउ

Next Post

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछः अध्यक्ष नेपाल

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछः अध्यक्ष नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In