• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

metakhabar by metakhabar
८ साउन २०८२,
0
फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज (सप्तरी), ८ साउनः दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।

रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले उत्पादित मल किसानलाई निःशुल्क वितरण गर्ने योजना रहेको बताउनुभयो । उहाँले वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने, पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्देश्यले काम भइरहेको जानकारी दिनुभयो ।

जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादनलगायत काम भइरहेको अध्यक्ष लुइँटेलले बताउनुभयो । सप्तकोसी-१ स्थित फत्तेपुरमा रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त रूपमा साझेदारी गरी जैविक तथा सहिद पार्क निर्माणस्थल बनाइएको उहाँले जानकारी दिनुभयो ।

वन संरक्षण तथा पर्यावरण सुरक्षासम्बन्धी जानकारी दिँदै अध्यक्ष लुइँटेलले भन्नुभयो, “नमूनाका लागि यस पटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियोपात मिलाएर २० हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना छ । जैविक तथा हरित पार्कबाट वार्षिक रु २२ लाख आम्दानी लिने लक्ष्य राखेर काम गरिरहेका छौँ ।” उहाँका अनुसार यस ठाउँमा ३४७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रिहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण, वृक्षरोपणलगायत कार्य गरिएको छ ।

जिल्ला वन कार्यालयले मातहतका सब डिभिजन कार्यालयमा नर्सरी लगाएर लाखाँंै बिरुवा उत्पादन गरी समुदायस्तरमा वितरण गर्दै आएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताउनुभयो । उहाँका अनुसार खैर, अमला, लताम, सिसौ, अर्जुन, टिक मसला, मलेसियन सखुवा, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेका छन् ।

सप्तरीमा कूल २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र रहेकामा एक सय ३७ सामुदायिक वन र छ वटा सब डिभिजन वन कार्यालय रहेका जनाउँदै दासले सबै सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा वन संरक्षणका लागि योजनाबद्ध काम गर्न थालिएको बताउनुभयो ।

डिभिजनल वन अधिकृत दासका अनुसार जिल्लामा जल क्षेत्र तीन हजार १४३ दशमलव ९२, वन क्षेत्र २१ हजार १३६, घाँसे मैदान एक हजार ४९३ दशमलव ३६, सिमसार तीन हजार ९८१ दशमलव ८७, कृषि क्षेत्र ६७ हजार ६७५ दशमलव ६१, बुट्यान क्षेत्र १२ हजार ६३५ दशमलव ८६, बस्ती क्षेत्र १२ हजार ७६६ दशमलव एक र बाँझो क्षेत्र पाँच हजार २६७ दशमलव ३८ रहेका छन् ।

जिल्लामा पाइने मुख्य काष्ठजन्य प्रजाति साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्राे, बर्राे, जामुन हुन् भने लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, भ्याकुर, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, थाकल, कुटमिरा, सिमसाग, लुँडे, बयर, अमला, कुरिलो, बाँसलष्गायत रहेका उहाँले जानकारी दिनुभयो ।

Previous Post

छायांकनमै ६ घण्टा चलचित्र ‘एक्लो’को विशेष दृश्य तयार

Next Post

शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In