• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग

metakhabar by metakhabar
८ साउन २०८२,
0
विकटका विद्यार्थीलाई विकसित मुलुकका विद्यार्थीको सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन,  अमेरिकामा हुर्किएका १७ वर्षीय साभर थापा शाहीले चितवनका विकट भेगका २७५ विद्यार्थीका लागि पोसाक, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । उहाँले करिब रु पाँच लाखभन्दा बढीको सामग्री सहयोग गर्नुभएको हो ।

भौगोलिक विकटतासँगै आर्थिक अवस्थाले अभाव झेलेका बालबालिकाका लागि अमेरिकामा रहेका विद्यार्थीसँग समन्वय गरेर सहयोग जुटाइएको हो । आर्थिक अभावले पठनपाठनमा समस्या भोगेका विद्यार्थीको अवस्था देखेर अमेरिकाको टेक्सासमा बस्ने साभरले आफ्ना साथीसँग जोगाएको खाजा खर्चले विकटका विद्यार्थीले झोला, कापी, कलम, पोसाक, जुत्ता र स्वास्थ्य सामाग्री पाएका हुन् ।

भरतपुर महानगरपालिका–२९ मा रहेको रातामाटे, डुम्रे, कमलपुर र राप्ती नगरपालिका–१२ को डिहिटारका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । राष्ट्रिय आधारभूत विद्यालय रातामाटेमा कक्षा ५ मा अध्ययन गर्ने रितु तामाङले भन्नुभयो, “पढ्ने सामान पायौँ, खुसी छौँ, झोला, लुगा पायौँ, अब ढुक्कले पढ्ने हो ।”

त्यस्तै, भरतपुर–२५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका २७५ विद्यार्थीलाई पनि उहाँले सहयोग गर्नुभएको छ । साभारले विकसित र विकटका विद्यार्थीको समन्वय गराउन खोजेको बताउनुभयो ।

चितवनमा नै रहेर दन्त उपचारमा सक्रिय चिकित्सक दम्पतीले सञ्चालन गरेको डा अजय न्यौपाने डा सरु थापा फाउन्डेसनले समन्वय गरेर यहाँका विकट गाउँमा सहयोग उपलब्ध गराइएको हो । नेपालमा आउने क्रममा साभारले गरिब र विकटका विद्यार्थीबारे थाहा पाएको बताउनुभयो । आफ्ना ठूलो बुबा डा अजय र ठूलीआमा डा सरुले गरेको सामाजिक कामले आफू प्रभावित भएर अमेरिकामा रहेका साथीलाई नेपालसँग जोड्न लागेका बताउनुभयो । विकटका बालबालिकाको सहकार्य र सहयोग दिगो बनाउने योजना रहेको फाउन्डेसनका अध्यक्ष डा अजयले बताउनुभयो ।

Previous Post

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

Next Post

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In