• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी

metakhabar by metakhabar
७ साउन २०८२,
0
धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर । बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका शेयर सदस्य सबै किसान भएकाले उनीहरुलाई खेती उत्पादनमा सघाउनुपर्छ भनी सहकारीले पनि बिजवृद्धिको काम थाल्यो ।

सहकारीले धान, गहुँ र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीले वार्षिक ३०० टन बीउ उत्पादन गरेर बेच्दै आएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए । “सहकारीले शेयर सदस्यलाई बीउमा अनुदान दिने गरेको छ । किसानलाई बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ”, रामकृष्ण भन्छन्, “३१ जनाले रु १००÷१०० रकम जम्मा गरी सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना शेयर सदस्य छन् ।”

विसं २०६३ मा बचत सङ्कलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखि बीउ उत्पादन सुरु गरेको हो । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बीउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

हाल सहकारी संस्थाको कार्यालय भवन र तीन भण्डारण गोदाम छन् । असी÷असी टनका तीन बीउ भण्डारण घर छन् । सहकारीले बीउ उत्पादनका लागि आवश्यक मेसिनलगायतका सहयोग सिँचाइ आयोजनाबाट पाएको छ । आयोजनालाई प्रशोधनका लागि आवश्यक मेसिनलगायतका सामग्री पाएपछि किसानलाई समेत सहज भएको, बीउ बाहिरबाट ल्याउँदा महँगो हुने गरेकोमा सहुलियत दरमै चाहेकै बेला गुणस्तरीय बीउ पाइरहेका चौधरी बताउछन् । “हाल सहकारीको कारोबार रु नौ करोडसम्म हुने गरेको छ”, उनले भने, “विगतमा नेपालगञ्ज, कञ्चनपुरलगायतका ठाउँबाट बीउ किनेर ल्याउने किसानलाई सहज भएको छ । सहकारीमा सहुलियत दरमा बीउ पाइन्छ । किसानकै उत्पादन बीउ हामीले भण्डारण गर्ने गरेका छाँै ।”

सहकारीले कृषिका धेरै क्रियाकलाप सञ्चालन गरिरहेको, धेरै किसान आबद्ध भएका रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल बताउछन् । “खेती नै मुख्य आधार हो, यसमा लगानी गर्ने सहकारीलाई हामीले पनि प्राथमिकता दिने गरेका छौँ”, उनले भने, “बिजवृद्धिमा लागेकाले सहकारीको स्तरोन्नतिमा सघाएका हौँ । सहकारीलाई चाहिने भण्डारण घर, गे्रडिङ मेसिन, धान, गहुँ काट्नका लागि प्रयोग हुने हार्वेस्टर मेसिनलगायत सबैखाले सहयोग भएको छ ।”

स्थानीय किसान सौरभ चौधरी सहकारी र सिँचाइ आयोजनाले किसानलाई खेती गर्न सहज बनाइदिएको बताउछन् । “विगतमा खेती गर्न कठिन हुन्थ्यो, खेती गर्न महिनौँ लाग्थ्यो”, उने भने, “सिँचाइ आयोजनाले खेत जोत्न पावर टिलर दियो, सहकारीले पनि एकै दिनमा दर्जनौँ बिघाको धान र गहुँबाली सहुलियत दरमा कटानी गरिदिन्छ । हामीलाई सहज भएको छ ।”

Previous Post

अब रुखबाहेक कतै भोट हाल्नुपर्ने अवस्था आउँदैन : महामन्त्री थापा

Next Post

देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेझैँ गरेका छन् : अध्यक्ष लिङ्देन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In