काठमाडौं-लोकप्रिय गायक राजेशपायल राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक गहिरो र रहस्यमय स्टाटस अहिले चर्चाको विषय बनेको छ।
केही समययता विवाद र आलोचना भोगिरहेका गायक राईले कसैप्रति लक्षित गर्दै चेतावनीजस्तो भावमा यस्तो लेखेका छन्:
“जस्ले जसलाइ जे लेख्दैछौ खुसी छौ, तर तिमीलाई थाहा छैन — तिम्रो मसी मात्र हैन, तिमी पनि सिद्धिँदैछौ। म भगवान त हैन, यति बुझ — रितिने लाइ भगवानले पनि अन्त्यमा साथ छाड्ने छ।”#सायारेम
सार्वजनिक भएको केही समयमै यो स्टाटस भाइरल बनेको छ। धेरैले यसलाई व्यक्तिगत कटाक्षको रुपमा व्याख्या गरिरहेका छन् भने केहीले यसलाई कलाकारको आत्मभावनाको अभिव्यक्ति भन्दै समर्थन गरेका छन्।
यद्यपि राजेशपायलले स्पष्ट रूपमा कसैको नाम उल्लेख गरेका छैनन्, उनका पछिल्ला गतिविधि, विभिन्न मिडिया विवाद र व्यक्तिविशेषसँगको वैचारिक मतभेदले गर्दा यो स्टाटस कसैप्रति लक्षित गरिएको अनुमान गर्न थालिएको छ। विशेषतः पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबमार्फत गायक राईमाथि आलोचना गर्नेहरू प्रति यो जवाफ हुनसक्ने अड्कल गरिएको छ।
गायकको यो स्टाटसमा कमेन्ट र शेयरको ओइरो लागेको छ। धेरै प्रशंसकहरूले “दुःख पिएर बोलेका सत्य वाणी” भन्दै समर्थन जनाइरहेका छन् भने केहीले भने यो अभिव्यक्ति अत्यन्त व्यक्तिगत र विवादस्पद भएको प्रतिक्रिया दिएका छन्।
राजेशपायल राई नेपाली संगित क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय एक चर्चित स्वर हुन्। उनका दर्जनौं हिट गीतहरू नेपाली श्रोतामाझ लोकप्रिय छन्।
हालसम्म गायक राईले उक्त स्टाटसको स्पष्ट पृष्ठभूमि र सन्दर्भ खुलाएका छैनन्। तर उनका प्रशंसक र मिडिया दुवै अब उनले थप प्रतिक्रिया दिने प्रतीक्षामा छन्।













