कास्की।अविरल वर्षाका कारण पोखरा महानगरपालिका–१३ स्थित काहुँ खोलाको बाँध फुटेर क्षति पुगेको छ। ढल्केपुल वरिपरिका घर तथा टहरामा बाढी पस्दा भौतिक क्षति भएको हो।
बाँध फुटेपछि दुई घर उच्च जोखिममा परेका छन्। वडा नं. १३ का अध्यक्ष किरण बरालका अनुसार बाँध फुटेपछि खोलाको पानी एकातिर मात्र बग्दा क्षति भएको हो।
उनका अनुसार राति ३ बजेदेखि डोजरसहित सशस्त्र प्रहरीको टोलीले क्षति नियन्त्रणको प्रयास गरिरहेको छ। “रातिदेखि नै हामी घटनास्थलमै छौं,” अध्यक्ष बरालले भने, “मानवीय क्षति छैन, भौतिक क्षति पनि कम गर्न प्रयास भइरहेको छ।”
बाढी बस्तीमा पस्दा धेरै घरहरू प्रभावित भएका छन्।











