• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर

metakhabar by metakhabar
४ साउन २०८२,
0
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके),  साउन महिना सुरु भएसँगै बाँकेको नरैनापुरस्थित चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउन सुरु भएसँगै मन्दिरमा सामूहिक रूपमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको हो ।

पछिल्लो केही वर्षयता सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले बताउनुभयो । उहाँका अनुसार साउनमा सोमबार र शनिबार बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।

“सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र इतिहास छ, भगवान् शिवले मानवसहित सजीव प्राणीका मनोकाङ्क्षा भन्ने जनविश्वास रहिआएकाले यहाँ दर्शन गरेर मनकाङ्क्षा पूरा हुनाका साथै मोक्ष प्राप्ति हुने धार्मिक विश्वास गरिन्छ”, पुजारी गिरीले भन्नुभयो ।

सोही विश्वासअनुसार साउनको महिनामा सोमबारे व्रत बसेका महिला तथा युवायुवती कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको उहाँको भनाइ छ । धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यस मन्दिरसम्म पुग्ने व्यवस्थित सडक नबन्दा पर्यटकको आगमन तुलनात्मक रूपमा कम रहेको उहाँले बताउनुभयो ।

“खासगरी श्रावण मास शिवशङ्कर भगवान्को महिना भएकाले यो महिनामा शिव भक्तहरूले शिवकाँवरिया, पैदलयात्रा तथा जलपूजन जस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गर्दछन्”, पुजारी गिरीले भन्नुभयो, “यस्ता कार्यक्रमले स्थानीय परम्परागत नाच नाच्ने, भजन गाउनेलगायत गतिविधिमार्फत मौलिक संस्कति संरक्षण, प्रवर्द्धन र सामाजिक सदभावमा टेवा पु¥याइरहेको छ ।”

सन्तानेश्वर महादेव मन्दिरमा पुग्ने भक्तजन बर्सेनि थपिँदै गए पनि यहाँको भौतिक पूर्वाधारको काम भने हुन सकेको छैन । मन्दिरसम्म पुग्ने सडक, खानेपानी र ओत लाग्ने आश्रमस्थल नहुँदा भक्तजनले कष्ट व्यहोर्नु परेको मुख्य पुजारी गिरीले बताउनुभयो । स्थानीय निकायले पूर्वाधार निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालगञ्जबाट ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किमी जङ्गलको कच्ची बाटोमा मोटरसाइकलबाट यात्रा गरेपछि करिब दुई किमी पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ ।

सहरभन्दा टाढा जङ्गलको बीच पहाडको टाकुरामा मन्दिर रहेकाले प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन गर्दै पैदलयात्राका लागि नेपालगञ्जबाट समूह बनाएर सन्तानेश्वर पुगेको नेपालगञ्ज–६ फुल्टेक्रा अर्जुनसिंह ठकुरीले बताउनुभयो । आफूहरू प्रत्येक वर्षको साउनमा यहाँ पुग्ने गरेको भन्दै सडक स्तरोन्नति नहुँदा समस्या भएको उल्लेख गर्नुभयो ।

सन्तानेश्वर मन्दिरमा पहिलो पटक पुग्नुभएकी कोहलपुर नगरपालिका–२१ की सिर्जना थापाले मन्दिर पुग्ने बाटो असहज भएपनि साथीहरूसँग समूहमा आउँदा रमाइलो भएको बताउनुभयो । उहाँले सन्तानेश्वर महादेवको पूजाअर्चनासँगै पहाडको उकालो बाटो, हरियाली वनजङ्गलको प्राकृतिक दृश्यले मनोरम तुल्याएको उल्लेख गर्नुभयो ।

बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्ने बताउनुभयो । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्ग र सन्तानेश्वरमा खानेपानीको काम चालु आर्थिक वर्षमा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

Previous Post

आज देशभर बदली हुने पूर्वानुमान

Next Post

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In