• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू

metakhabar by metakhabar
३ साउन २०८२,
0
‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ३ साउन : पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरू भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गर्नुभएको छ । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकलयात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उहाँले चर्चा गर्नुभयो ।

सङ्घले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन समेत गरेको थियो । यस वर्ष ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५ सुरू गरिएको सङ्घका अध्यक्ष रूपेश महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “पाल्पामा दोस्रो पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गरेका हौँ । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।” यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उहाँको भनाइ छ ।

कार्यक्रममा ७० जना साइक्लिङ सहभागी रहेका सङ्घका उपाध्यक्ष अमनकाजी शाक्यले बताउनुभयो । कार्यक्रममा सहभागी हुने साइकलयात्रीले यहाँका विभिन्न प्रमुख धार्मिकस्थल तथा पर्यटकीयस्थललाई घडीको दिशामा परिक्रमा गरी ५५ किलोमिटरको यात्रा पूरा गर्ने उहाँको भनाइ छ । स्वास्थ्यका लागि साइक्लिङको महत्व बुझाउन, धार्मिकस्थलको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्त्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिनुभयो । उहाँले भन्नुभयो, “कोरा केवल साइकलयात्रीको जमघट मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान अवसर पनि हो । पाल्पावासीको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौँ ।”

यात्राका क्रममा कुनै स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको टिम समेत तयारी अवस्थामा राखिएको सङ्घका सचिव विज्ञान बज्राचार्यले बताउनुभयो । बिहान ८ बजेदेखि टुँडिखेलबाट निस्केको साइकल र्‍याली दरबार परिसरमा गई यात्रा सुरु गरेको थियो । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरी पुनः पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुने सङ्घका सदस्य शान्ता थैवाले जानकारी दिनुभयो ।

Previous Post

महात्मा विदुरका केही अमर वाणीहरु

Next Post

स्कुलमा सधैं कुटाइ खान्थे अमिताभ बच्चनले

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
स्कुलमा सधैं कुटाइ खान्थे अमिताभ बच्चनले

स्कुलमा सधैं कुटाइ खान्थे अमिताभ बच्चनले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In