• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

metakhabar by metakhabar
३ साउन २०८२,
0
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो ।

हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ । प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चौँरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिए ।

हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पु-याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चौँरी छन् । यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन् ।

यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ । रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ । हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ ।

बर्खायाममा उच्चलेकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ ।

याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन् । यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरु आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताए ।

मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ । मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामुहिक गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए । यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ ।

“यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ—आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौँ,” अध्यक्ष गौचनले भने, “करिव तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ ।”

मार्चे लेक पुग्न बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन् ।

Previous Post

चुट्किलाः थोत्रो चप्पल

Next Post

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In