एक समयको कुरा हो । दार्शनिक च्वाङ्गत्से राती चिहानको बाटो भएर जाने गर्थे । एकाएक उनको खुट्टा कुनै वस्तुमा ठोक्कियो । जब उनले निहुरेर हेरे त्यो कुनै मानव कङ्काल थियो । उनले यो कङ्काल टिपेर झोलामा हाले र सधैँ आफूसँगै राख्न थाले । शिष्यले उनलाई सोधे, ‘गुरुजी यो हड्डी कति फोहोर र कुरुप छ । यो किन तपाईंले साथमा राख्नुभएको ?’
च्वाङ्गत्सेले जवाफ दिए, यो मेरो दिमागको तनाव हटाउने औषधी हो । जबजब मेरो अहङ्कार बढ्छ या मलाई लोभले सताउँछ तब म यो कङ्काललाई ध्यान दिएर हेर्छु । मलाई तुरुन्त ख्याल आउँछ, भोलि मेरो पनि यस्तै दुर्गति हुनु नै छ भने यो लोभ र अहङ्कार किन ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट












