• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुक्त कमैयाका पच्चीस वर्ष: प्रतिबद्धता अझै कार्यान्वयन भएन

metakhabar by metakhabar
३ साउन २०८२,
0
मुक्त कमैयाका पच्चीस वर्ष: प्रतिबद्धता अझै कार्यान्वयन भएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।मुक्तिको घोषणाको पच्चिस वर्ष बितिसक्दा पनि सरकारले गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न नसक्दा कञ्चनपुरका मुक्त कमैया परिवार अझै पनि बाँच्नकै लागि सङ्घर्षरत छन् ।

अढाई दशकअघि गरिएको घोषणाअनुसार सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको सुनिश्चितता प्राप्त नहुँदा मुक्त कमैयाको सपना अधुरै रहेको छ ।

विसं २०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैया प्रथा अन्त्य गर्दै ‘मुक्त’ घोषणा गरे पनि त्यो घोषणा धेरैका लागि जीवनको वास्तविक परिवर्तन बन्न सकेको छैन । आश्वासनको श्रृंखला मात्रै बन्दै गएको मुक्तकमैया अगुवा बताउँछन् ।

मुक्त कमैया समाजका केन्द्रीय उपाध्यक्ष जगरनाथ चौधरीका अनुसार सरकारको प्रतिबद्धता आंशिक मात्र कार्यान्वयनमा आएको छ ।

“सरकारले सौकी ऋण मिनाहा गरेको र केहीलाई जग्गा उपलब्ध गराएको हो, तर त्यो पनि प्रयाप्त छैन,” उनी भन्छन्, “पुनःस्थापनाका लागि दिएको जग्गा नदी कटान, वन्यजन्तुको आतङ्क र बजारबाट टाढा भएकाले जीविकोपार्जनमा कठिनाइ छ ।”

कतिपय परिवार नदी कटानले फेरि पनि भूमिहीन भएका छन् भने कतिपय वन क्षेत्रनजिक पुनःस्थापन भएपछि वन्यजन्तुको डरमा बस्न विवश भएको उनी बताउँछन्।

“सरकारले दिएको जग्गामा पूर्णस्वामित्वको अधिकार छैन,” उनले भने, “जग्गाधनी प्रमाणपत्रको श्रेस्ता कायम नहुदा बैंकमा धितो राखेर कर्जा लिन सकिँदैन, पतिको नाममा भएको जग्गा पत्नीको नाममा सार्न सकिए पनि छोराको नाममा सार्न पाइँदैन, सरकारले यो अवरोध हटाउनुपर्छ ।”

२५औँ मुक्ति दिवसका अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छुटेका मुक्त कमैयाको पुनःस्थापनासँगै आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, नयाँ लगत संकलन गरेर पुनःस्थापनाका प्रक्रिया अघि बढाउने घोषणालाई चौधरीले सकारात्मक रुपमा लिएको बताए।

“मुख्यमन्त्रीले कार्यविधि बनाएर यी कुरा पुरा गरेरै छाडने प्रतिवद्धता गर्नु भएको छ यसलाई सकारात्मक रूपमा लिन्छौँ” उनले भने, “प्रतिवद्धता अनुसार व्यवहारमा कार्य गरेर देखाउनु पर्छ, अश्वासन धेरै पाइसकेका छौँ, प्रतिवद्धता कार्यान्वयनमा चासो छ ।”

मुक्त कमैया अगुवा रामप्रसाद रानाका अनुसार विसं २०५८ सालमा बनेको श्रम ऐन र त्यसको नियमावली अझै कार्यान्वयनमा आएको छैन । “कतिपयले लालपुर्जा पाएका छन्, तर स्थानीय अवरोधका कारण जग्गा चिन्न र चलन–भोग गर्न सकेका छैनन्,” उनी बताउँछन् ।

बाणि शिविरका अगुवा छंगा रानाले भने, “मुक्त कमैयामा परम्परागत सीप छन्, तर त्यसलाई आधुनिक तालिम र व्यावसायिक प्रयोगमा ल्याउने कुनै नीति देखिँदैन, सीपमा आधारित लघु उद्योग स्थापना गरिए रोजगार र आत्मनिर्भरता दुवै सम्भव छ ।”

“पहुँच भएकाले मात्रै सरकारी अनुदान र सुविधा पाउँछन्” उनले भने, “अधिकाशं मुक्त कमैया मजदुरी गरेर साँझबिहानको छाक टार्न विवश छन् ।”

बेदकोट नगरपालिका–६ ओझाखालीका लप्टन चौधरीले भने, “पहिलाको भन्दा अहिले केही सुधार देखिएको छ, डकर्मी, सिकर्मी र चालकजस्ता पेसाबाट केहीले आम्दानी गर्न थालेका छन्, तर उच्च शिक्षाको पहुँच अझै छैन ।”

उनका अनुसार बस्तीका १२ जना बालबालिकाले १२ कक्षा उत्तीर्ण गरेका भए पनि स्नातक तहसम्मको पढाइ आर्थिक कारणले सम्भव भएको छैन ।

कञ्चनपुरमा विसं २०५७ र २०५९ सालको लगतमा क्रमशः तीन हजार ४५ र एक हजार ४६१ गरी कुल चार हजार ५०० छ मुक्त कमैयाले परिचयपत्र पाएका छन् ।

सरकारले विसं २०६६ सालमा पुनःस्थापनाको कार्य सम्पन्न भएको घोषणा गरे पनि आजसम्म १२९ जना अझै पुनःस्थापनाविहीन छन् । कतिपयले लालपुर्जा पाएका भए पनि स्थानीयको अवरोधका कारण जग्गा उपयोग गर्न सकेका छैनन् भने केहीले त आफ्नै जग्गा पनि देखेका छैनन् ।

Previous Post

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In