• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै

metakhabar by metakhabar
३२ असार २०८२,
0
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ३२ असारः तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका हुन् ।

तालिममा पर्यटन र होमस्टे, होमस्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

तालिम लिएपछि सरिता आलेले नेपालका सफल होमस्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने आत्मबल र उत्साह जागेको बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमै बसेर आफैँले उत्पादन गरेका वस्तु र आफ्नै रहनसहन बेचेर मनग्य आम्दानी गर्न सकिँदो रहेछ, हामीलाई तालिमले आम्दानीको मार्ग खोलिदिएको छ । सिकेको ज्ञान, सीपको प्रयोग गरेर स्थानीयस्तरमा सवरोजगार बन्ने र पर्यटन प्रवर्द्धनमा समन्वय गर्ने योजना बनाएका छौँ ।”

नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूसँग भएका सांस्कृतिक सीप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताउनुभयो । यहाँका ६६ मध्ये सुरुमा ११ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा ११ वटा घरबाट होमस्टे सञ्चालन गर्ने योजना अनुसार प्रारम्भिक तयारी थालिएको मदनपोखरा सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गाहाले बताउनुभयो । होमस्टे सञ्चालनका लागि तालिमले महत्त्वपूर्ण र सहयोगी भूमिका खेलेको तालिममा सहभागी सरस्वती पचभैयाले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनका लागि आवश्यक सडक पूर्वाधार, मनोरम दृष्य, समुदायको एकता र मौलिक संस्कृति डाँडाडुममा रहेकाले यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त मानिएको स्थानीय राजनीतिज्ञ ओमबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटन महत्त्वपूर्ण हुनेछ ।”

डाँडाडुमका स्थानीयको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारलाई घरबास कार्यक्रममार्फत बजारीकरण गर्न सकिने तानसेन–८ का वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।

सामुदायिक घरबास कार्यक्रमले सामूहिक भावना, इमान्दार र मर्यादित अतिथिसत्कार र सुसंस्कृतिको सम्मान हुने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले उल्लेख गर्नुभयो । “घरबास कार्यक्रमले गाउँमा रोजगारी सिर्जना गर्ने, युवाको विदेश पलायनदर घटाउने र महिलाको सक्रियता बढाउने विश्वास गर्दै यहाँ होमस्टेमार्फ पर्यटन प्रवर्द्धन हुनेछ”, उहाँले भन्नुभयो, “होमस्टे केवल पर्यटक बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो संस्कृति, जीवनशैली र अतिथिसत्कार देखाउने स्थान पनि हो ।”

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी, वडा सदस्य माधवप्रसाद बस्याल, कमल दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीका अध्यक्ष गुँराश आत्रेय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वडा कमिटी अध्यक्ष हरिश्चन्द्र भुसाललगायतले आतिथ्य सत्कार, मौलिक परिकार र पाहुँनासँगको व्यवहारलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धनमार्फत महिलाले आयआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो ।

तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरुकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमा लोकप्रिय र सफल होमस्टे बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । तारा गाउँ विकास समितिका प्रशिक्षक शम्भु कार्की, दिनेश भण्डारी र मनिसा श्रेष्ठले तालिममा सहजीकरण गर्नुभएको थियो ।

Previous Post

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

Next Post

आलेख: दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
आलेख: दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

आलेख: दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In