• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

metakhabar by metakhabar
३० असार २०८२,
0
विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ ।

“यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन्… यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्”, महासभाका अध्यक्ष फिलेमोन याङले भन्नुभयो ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएको कुरामा जोड दिनुभयो । उहाँले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्‍याएको उल्लेख गर्नुभयो ।

अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट हावाबाट हुने कणहरू मुख्यतया श्वासप्रश्वास र हृदय रोगका कारण प्रत्येक वर्ष लगभग ७० लाख समयपूर्व मृत्युसँग जोडिएको बताउनुभयो । यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइमा योगदान पुर्‍याउन सक्छ ।

संयुक्त राष्ट्रसङ्घका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनले पनि यस मुद्दाको परिमाणलाई चित्रण गर्दै वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने बताउनुभयो । उहाँका अनुसार यो गिजाको महान् पिरामिडको लगभग तीन सय वटाको बराबर द्रव्यमान हो भन्नुभयो ।

उहाँका अनुसार यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रहरूलाई असर गर्दछ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दश्तीले आर्थिक क्षति आश्चर्यजनक रहेको बताउनुभयो ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत एक खर्ब ५० अर्ब अमेरिकी डलर वा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको अल जजिराले जनाएको छ ।

दश्तीले अरब क्षेत्रको विशेष गरी कठोर वसन्त मौसमलाई औँल्याउनुभयो । इराकमा आँधीहरूले अस्पतालहरू र कुवेत र इरानमा यस्तै घटनाहरू विद्यालय र कार्यस्थलहरू बन्द गर्न बाध्य तुल्यायो । सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पत्ता लगाइएको छ ।

अल जजिराका अनुसार नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो ।

डब्लुएमओ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बढ्दो स्वास्थ्य सङ्कटको चेतावनी दिँदै भनेका छन्, “सन् २०१८ र सन् २०२२ को बीचमा विश्व जनसङ्ख्याको आधाका नजिक अर्थात करिब तीन अर्ब ८० करोड अर्ब मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएका थिए । यो सन् २००३ र सन् २००७ को बीचमा दुई अर्ब ९० करोड मानिसबाट बढेको छ ।

Previous Post

पानी नपर्दा सुक्यो धानको ब्याड

Next Post

बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १० जना नेविसंघका कार्यकर्ताहरू पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
Load More
Next Post
बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १० जना नेविसंघका कार्यकर्ताहरू पक्राउ

बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १० जना नेविसंघका कार्यकर्ताहरू पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In