• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

metakhabar by metakhabar
२९ असार २०८२,
0
घाइते छाडा चौपायाको उद्धारमा विष्णु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), २९ असारः कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स्याहारमा समर्पित छन् । उहाँले सडक दुर्घटना होस वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायाको उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्ने गरेका छन् । पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ ।

“घाइते, बिरामी छाडा चौपाया देखेपछि दयाको भावना जाग्छ, घरमै लगेर उपचार गर्छु”, पनेरुले भन्नुभयो, “उपचारपछि व्यवस्थापन गर्ने स्रोत नहुँदा पुनः सडकमै छाड्नुपर्दा नराम्रो लाग्छ ।” उहाँले हालसम्म करिब एक हजार बढी जनावरको उद्धार तथा उपचार गरिसकेको बताउनुभयो ।

“अहिले पनि १० वटा घाइते गाईगोरु उपचारका लागि घरमै राखेको छु”, पनेरुले भन्नुभयो, “सामाजिक सञ्जालबाट थाहा पाएपछि मेरो अभियानमा सात–आठ जना अरु विद्यार्थी युवा पनि जोडिएका छन् ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेचर गाइडका रूपमा कार्यरत पनेरु मासिक रु २५ हजारसम्म आम्दानी गर्छन् । त्यसै आम्दानीबाट उहाँले जनावरको उपचार र स्याहारमा खर्च गर्ने गरेको बताउनुभयो । “अहिले घाइते जनावर देख्नेबित्तिकै जिल्लाका विभिन्न स्थानबाट मलाई फोन गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गाईगोरु मात्रै नभएर घाइते भएका कुकुर बिरालोलगायत अन्य जनावरको पनि उद्धार गरिरहेको छु ।”

छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरमा पालिकाहरूले करोडौँ रुपैयाँ खर्च गरिसकेका छन् । गौशाला निर्माण तथा छाडा चौपाया व्यवस्थापनका नाममा पालिकाहरूले करोडौँ खर्च गरे पनि त्यसअनुसारको चौपायाहरूको व्यवस्थापन हुनसकेको छैन । छाडाचौपायाकै कारण सडक दुर्घटनामा पशुचौपाया घाइतेसमेत हुने गरेका छन् । दूध दुहुञ्जेल गाईलाई घरमा पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलनले समस्या भएको पनेरु बताउँछन् ।

“सामुदायिक वन भएपछि त्यहाँबाट गाईवस्तुका लागि घाँस ल्याउन पाइएन चरन क्षेत्र पनि भएन”, उहाँले भन्नुभयो, “यसले गर्दा पनि छाडा चौपायाको समस्या विकराल बन्दै गएको छ ।” स्थानीय सरकारले हरेक वडा कार्यालय पशुपालन गरेको तथ्याङ्क राख्नुपर्ने उहाँको भनाइ छ । “दण्ड र जरिवाना नहुँदा जनावर छाडा छाड्ने प्रचलन बढ्दै गएको छ”, पनेरुले भन्नुभयो, “स्थानीय सरकारले दण्ड जरिवाना गरेको भए छाडा चौपाया न्यूनीकरण हुन्छ”, उहाँले छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय सरकार गम्भीर नहुँदा समस्या विकराल बन्दै गएको बताउनुभयो ।

Previous Post

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

Next Post

जैमिनी बाढी : तीन सय रोपनी खेत बन्यो बगर

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
जैमिनी बाढी : तीन सय रोपनी खेत बन्यो बगर

जैमिनी बाढी : तीन सय रोपनी खेत बन्यो बगर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In