तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर आगलागी हुँदा करिब रु.आठ लाख बराबरको क्षति भएको छ ।
बुधबार भएको आगलागीबाट रु. सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए। आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।













