• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

metakhabar by metakhabar
२४ असार २०८२,
0
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ, २४ असार : फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न स्थानबाट पर्यटकको आगमन हुन थालेको छ । पालिकावासी, जिल्लावासी, पर्यटक तथा खेलकुदप्रेमीका लागि यस स्थानमा घुम्न उपयुक्त हुनेछ, यतिबेला यहाँ जिल्लाको विभिन्न स्थानदेखि छिमेकी जिल्ला मनाङ, गोरखा, तनहुँ, कास्की, काठमाडौँबाट समेत पर्यटक आउन थालेका छन् ।

स्थानीय प्रदिप गुरुङका अनुसार पर्यटक यहाँ साम्बाको चोक तथा साम्बाको तस्बिरसँग सेल्फी तथा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदै रमाउने गरेका छन् । डुम्रे–बँेसीसहर–चामे सडकखण्डमा पस्ने साम्बा चोकमा बेँसीसहरबाट खुदी भुलुभुले, घनपोखरा, सिउरुङ, हिमाली जिल्ला मनाङ जाने र ती स्थानबाट बेँसीसहरतर्फ आउने यात्रीसमेत एकैछिन सवारीसाधन रोकेर यात्रीहरूले साम्बा चोकको अवलोकन गर्ने, फोटो, भिडियो बनाउने गर्छन् । यहाँ दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने गरेका र बिदाका समयमा दोब्बर आउने गरेको बताइएको छ । यहाँ आएका पर्यटक शङ्कर घिमिरेले भन्नुभयो, “महिला फुटबल खेलाडीको स्तम्भ तथा होर्डिङ बोर्ड राखेर नामकरण गरेर साम्बा चोक राखेको थाहा पाएपछि अवलोकन तथा घुम्न आएको हुँ ।”

यहाँ आइपुग्दा निकै खुसी लागेको र मनै आनन्द प्राप्त भएको उहाँको भनाई छ । त्यस्तै, अर्का पर्यटक मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ ढगैँका पुर्ण गुरुङले भन्नुभयो, पालिकाकै चेली सावित्राको नाममा बाट नामरण भएको साम्बा चोकमा आउँदा गर्व लागेको र यस चोकको अझै प्रचारप्रसार गर्न सके पर्यटक वृद्धि हुनेछ । साम्बा चोक हेर्न, अवलोकन गर्न तथा विभिन्न तरिकाले रमाउन पर्यटक आगमन हुँदा यहाँ आसपासका होटल व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायीहरूको भनाइ छ ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामकरण गरेर उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेसँगै यहाँ पर्यटक आगमन वृद्धि हुँदै गएको वडाध्यक्ष हरिशचन्द्र थापाले बताउनुभयो । गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार साम्बाको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गर्न करिब पौने दुई लाख खर्च भएको छ । यही जेठ ५ गते यहाँ साम्बा चोक नामकरण भएयता पर्यटक दैनिक वृद्धि हुँदै गएको र यसको अझै प्रचारप्रसार गर्दै पर्यटक वृद्धि गर्न लाग्नुपर्ने स्थानीयको भनाइ छ । साम्बा चोक पुग्न लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब आठ किलोमिटर दूरी सवारी साधनमा २०–३० मिनेटमा पुग्न सकिन्छ ।

खेल जगत्मार्फत नेपाललाई विश्वसामु थप चिनाउन अहम् भूमिका खेल्दै आउनुभएकी भण्डारी लमजुङ तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएको हो । थमन भण्डारी र मुना भण्डारीको कोखबाट २०५३ साल जेठ १५ गते माइली छोरीका रुपमा जन्मिएकी हुन् सावित्रा । सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ ।

साबित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ । नेपाली महिला फुटबलको क्षेत्रमा उदयमान नक्षत्रका रूपमा परिचित हुनुअघि भण्डारीलाई लमजुङकै आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएको थियो । उक्त बेला महिला फुटबल प्रतियोगितामा भण्डारी सहभागी भएको टिम मनास्लु युवा क्लब प्रथम भएको थियो । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक रुपमा स्थापित हुँदै आउनुभएको छ ।

जिल्लाको गाउँको खेतका गहराबाट दशरथ रङ्गशाखा हुँदै युरोपको रङ्गशालासम्म पुग्नुभएको भण्डारी यतिबेला युरोपेली देश फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजनमा खेल्ने अन आभान्टा ग्वेनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेर भण्डारीले त्यहाँ फुटबल खेल्न थालेको छ । सोअघि इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि भण्डारी नै हो ।

Previous Post

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

Next Post

स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In