• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एआई प्रयोग गर्दै हुनुहुन्छ ? आफैलाई सोध्नुहोस् यी चार प्रश्न

metakhabar by metakhabar
२२ असार २०८२,
0
एआई प्रयोग गर्दै हुनुहुन्छ ? आफैलाई सोध्नुहोस् यी चार प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – एआईले तपाईंको गणितको गृहकार्य गर्न सक्छ। तपाईंको जागिरका लागि अन्तर्वार्ताका प्रश्नहरूको जवाफ दिन सक्छ। यो तपाईंको चिकित्सक पनि हुन सक्छ। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई अब एक बटन थिचेर जे पनि गर्न सक्षम देखिन्छ।

विभिन्न प्लेटफर्मले एकअर्कासँग प्रतिस्पर्धा गर्दै निरन्तर नयाँ र उन्नत सुविधा थपिरहेकाले प्रविधि रेकर्ड गतिमा बढिरहेको छ।

च्याटजीपीटी इतिहासमा सबैभन्दा छिटो बढ्दो प्रविधि अनुप्रयोग मध्ये एक हो।

संयुक्त राष्ट्र संघ, युरोपेली संघ र आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) का सदस्य र ३० देशका सरकारद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय एआई सुरक्षा प्रतिवेदनले यसको सुरुवात भएको पाँच दिन भित्रै च्याटजीपीटीका १० लाखभन्दा बढी प्रयोगकर्ता रहेको देखाउँछ । दुई महिना भित्र यो संख्या १० करोड पुगेको छ।

२०२३ मा आफ्नो एआई सहायक को–पाइलट सुरु गर्ने माइक्रोसफ्टले २०२५ को दोस्रो त्रैमासिकमा एआई व्यवसायबाट हुने आफ्नो राजस्व १० अर्ब डलरभन्दा बढी हुने अपेक्षा गरेको बताएको छ। यसले विश्वका ६० क्षेत्रमा आफ्नो डाटा सेन्टर विस्तार गरेको पनि बताएको छ।

गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईका अनुसार गुगलको खोज परिणामहरूको शीर्षमा रहेको एआई २०० भन्दा बढी देश र क्षेत्रमा प्रत्येक महिना १।५ अर्ब पटक प्रयोग गरिन्छ।

विज्ञहरूले यो प्रविधि अब हामी सबैमाझ हुने बताएका छन्। त्यसैले हामीले यो प्रविधिलाई अधिकतम फाइदा कसरी लिन सक्छौं भनेर सोध्यौं।

एआई प्रयोग गर्नु अघि आफैलाई सोध्नुहोस् यी प्रश्न

१. के यो तपाईंको आवश्यकताको लागि उत्तम एआई उपकरण हो ?

एआई प्रणाली धेरै फरक कार्यहरू गर्न सक्षम छ । कहिलेकाहीं हामी सबैभन्दा लोकप्रिय एआई उपकरण प्रयोग गर्छौं। हामी एआईलाई चिन्छौं र एआईले धेरै काम गर्न सक्छ। तर त्यहाँ उपकरण पनि छन्, जुन विशेष कार्यका लागि बनाइएका हुन्छन्। जस्तै वैज्ञानिक प्रश्नको जवाफ दिनु ।

धेरै एप सधैं लन्च भइरहेका छन्। जुन ठुला र साना दुवै प्रकारका आवश्यकताका लागि डिजाइन गरिएका छन्।

एउटा एपले प्रयोगकर्तालाई तस्वीर हेरेर मात्र उसको गणित समस्याको समाधान बताउन सक्छ। अर्को विशेष एपले खानाको रेसिपी हेरेर सुधार गर्न मद्दत गर्न सक्छ। अर्को एपले पवित्र धर्मशास्त्रबाट जानकारी लिएर व्यक्तिगत प्रार्थना सिर्जना गर्न सक्छ।

स्ट्यानफोर्ड विश्वविद्यालयको २०२५ एआई इन्डेक्स रिपोर्ट अनुसार गत वर्ष अमेरिकी संस्थाले ४० उल्लेखनीय एआई मोडेल सिर्जना गरे। जबकि चीनमा १५ र युरोपमा तीनवटा थिए।

त्यसोभए कुनै विशेष एपले के प्रस्ताव गर्छ पत्ता लगाउनुहोस् र आफ्नो आवश्यकता अनुसार उपयुक्त एप छनौट गर्नुहोस्।

२‍. के हामी एआईको जवाफमा विश्वास गर्न सक्छौं रु

एआईले तपाईंलाई उत्तर दिन सक्नेछ तर यो सत्य वा पूर्ण रूपमा सही हुनुपर्छ भन्ने आवश्यक भने छैन । ‘एआई मोडेलले ती चीजहरू बनाउन सक्छन् जुन अस्तित्वमा छैनन्। एआईले विश्वसनीय देखाउँछन् ।

यसबाट बच्नका लागि सधैं एआई प्रणालीको आउटपुट जाँच गर्नुपर्छ ।

३. कुन जानकारी साझा गरिँदैछ ?

प्रयोगकर्ताहरूले एआई मोडेलमा राखेको जानकारी र त्यसबाट प्राप्त गरिरहेको जानकारीको बारेमा सोच्नुपर्छ ।

एआई प्रणालीले ठूलो मात्रामा डेटा सङ्कलन गरेर र उही डेटा प्रयोग गरेर मोडेललाई तालिम दिएर काम गर्छन्। यसको अर्थ तपाईंले प्रविष्ट गरेको कुनै पनि जानकारी चाहे त्यो फोटो होस् वा पाठ प्रणालीले यसलाई सुरक्षित राख्न सक्छ। साथै, यसको विश्लेषण गरेर भविष्यमा दिइने कुनै पनि अन्य उत्तरमा प्रभाव पार्न सक्छ। प्रत्येक प्लेटफर्मको आफ्नै गोपनीयता नीति हुनेछ।

२०२३ मा इटाली गोपनीयताको चिन्ता र यसको सामान्य डेटा संरक्षण नियमनको पालनाको कारणले गर्दा च्याटजीपीटीको उन्नत च्याटबटलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको थियो ।

दक्षिण कोरिया, अष्ट्रेलिया र अमेरिकाले पनि चीनको च्याटबोट डीपसिकले प्रयोगकर्ताको डेटा कसरी भण्डारण र प्रशोधन गर्छ भन्ने बारेमा चिन्ता व्यक्त गरेका छन्।

४. के मलाई साँच्चै एआई चाहिन्छ ?

एआईलाई उपकरणको रूपमा प्रयोग गर्नुपर्छ । यो तपाईं आफैंले गर्न सक्ने कुरा हो कि होइन वा केही जटिल गणित समस्याका लागि क्याल्कुलेटर जस्तो अर्को उपकरण प्रयोग गर्न सक्नुहुन्छ कि भनेर विचार गर्नुहोस्। नैतिक र व्यक्तिगत प्रश्नका लागि आफ्नो वरपरका मानिसबाट मद्दत लिन पनि सकिन्छ ।

परम्परागत इन्जिनको तुलनामा एआईले धेरै ऊर्जा र स्रोत प्रयोग गर्दछ। डेटा सेन्टरमा एआईले प्रयोग गर्ने कम्प्युटर सर्भरलाई चिसो हुन ठूलो मात्रामा पानी चाहिन्छ। जसले विश्वभर पानी आपूर्ति समस्या बढाउन सक्छ।

Previous Post

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

Next Post

कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In