• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काङ्ग्रेसद्वारा प्रमुख विधेयक पारित भएपछि ट्रम्पको ‘अभूतपूर्व’ विजय

metakhabar by metakhabar
२१ असार २०८२,
0
हमाससँग युद्ध अन्त्य गर्न इराजरायलाई ट्रम्पको दबाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’ को घमण्ड गर्नुभएको छ । यसले उहाँको कट्टरपन्थी दोस्रो कार्यकालको एजेन्डालाई बलियो बनाएको छ ।

उत्साहित राष्ट्रपतिले अलोकप्रिय विधेयकको प्रशंसा गर्दै अमेरिकाको एक वर्ष लामो २५०औँ जन्मदिन समारोहको सुआत गर्नुभयो । यसले उहाँको आफ्नै रिपब्लिकन पार्टीभित्र र सर्वेक्षण अनुसार धेरै अमेरिकीमाझ गहिरो चिन्ता पैदा गरेको छ ।

पारित विधेयकले राष्ट्रिय ऋण बढाउनेछ, स्वास्थ्य र कल्याणकारी सहयोग र स्वच्छ उर्जालाई नष्ट गर्नेछ र ट्रम्पको आप्रवासी दमनलाई बढावा दिनेछ भन्ने धेरैलाई डर छ ।

“अमेरिकाका लागि केही घण्टा अगाडि हामीले हासिल गरेको अभूतपूर्व विजयभन्दा राम्रो जन्मदिनको उपहार हुन सक्दैन”, ट्रम्पले राज्यको राजधानी डेस मोइन्समा समर्थकहरूलाई भन्नुभयो, “धेरै सरल रूपमा, यो एक, ठूलो सुन्दर विधेयकले पृथ्वीमा सबैभन्दा बलियो सिमाना, पृथ्वीमा सबैभन्दा बलियो अर्थव्यवस्था, पृथ्वीमा सबैभन्दा बलियो सेना प्रदान गर्नेछ र संयुक्त राज्य अमेरिका हाम्रो यो सुन्दर ग्रहको कुनै पनि ठाउँमा सबैभन्दा बलियो देश बनेर रहनेछ भन्ने सुनिश्चित गर्नेछ ।”

हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकन विपक्षीहरूको सानो समूहलाई अन्ततः सभामुख माइक जोन्सनले एकजुट गरेपछि लाइनमा आएसँगै विधेयक बिहीबार पहिले अन्तिम मतदानमा २१८–२१४ ले पारित भयो ।

ट्रम्पले अमेरिकी स्वतन्त्रता दिवस शुक्रबार कानूनमा हस्ताक्षर गर्ने र दुई हप्ताअघि इरानमा अमेरिकी आक्रमण गरेका पाइलटहरू उपस्थित हुने बताउनुभयो ।

– सामूहिक निर्वासन, कर छुट –

यो कानून ट्रम्पका लागि ठूलो जितको शृङ्खलामा पछिल्लो हो । यसमा गत हप्ता सर्वोच्च अदालतको फैसलाले एकल सङ्घीय न्यायाधीशहरूलाई उहाँको नीतिहरू रोक्नबाट सीमित गरेको थियो तथा इजरायल र इरानबीच युद्धविराम ल्याउने अमेरिकी हवाई आक्रमणहरू समावेश छन् ।

उहाँको विशाल मेगा–विधेयक मङ्गलबार सिनेटमा न्यूनतम बहुमतले पारित भयो र सिनेटरहरूको संशोधनहरूको स्वीकृतिका लागि तल्लो सदनमा फर्काउनुपर्‍यो ।

यो प्याकेजले सैन्य खर्च बढाउने, सामूहिक आप्रवासी निर्वासन अभियानलाई कोष प्रदान गर्ने र आफ्नो पहिलो कार्यकालको कर राहतलाई विस्तार गर्न ४५ खर्ब डलर प्रतिबद्ध गर्ने जस्ता ट्रम्पका धेरै चुनावी प्रतिज्ञाहरूलाई सम्मान गर्छ ।

“बाइडेन–ह्यारिस कट्टरपन्थी शासनअन्तर्गत सबै कुरा पूर्ण विपत्ति थियो र हामीले एउटा ठूलो, सुन्दर विधेयकमा सकेसम्म धेरै मर्मत गर्नका लागि सबैभन्दा राम्रो प्रयास गर्‍यौँ”, सभामुख जोन्सनले भन्नुभयो, “र म धेरै कृतज्ञ छु कि हामीले त्यो काम सकायौँ ।”

तर यसले सङ्घीय खाद्य सहायता कार्यक्रम सङ्कुचित गर्दै र सन् १९६० को दशकमा सुरु भएदेखि कम आय भएका अमेरिकीहरूका लागि मेडिकेड स्वास्थ्य बीमा योजनामा सबैभन्दा ठूलो कटौतीको माध्यमबाट बाध्य पार्दै देशको द्रुत वृद्धि हुने घाटामा एक दशकमा थप ३४ खर्ब डलर थप्ने अपेक्षा गरिएको छ ।

केही अनुमानले विधेयकअन्तर्गत आफ्नो बीमा कभरेज गुमाउने प्राप्तकर्ताहरूको कुल सङ्ख्या एक करोड ७० लाख राख्छन् । धेरै ग्रामीण अस्पताल बन्द हुने अपेक्षा गरिएको छ ।

सदनमा रिपब्लिकन मध्यमार्गीहरूलाई कटौतीले अर्को वर्ष तिनीहरूको पुनः निर्वाचनको सम्भावनालाई हानि पुर्‍याउने डर छ भने प्रतिज्ञा गरिएको भन्दा धेरै कम भएको भन्दै वित्तीय बाजहरू बचतलाई लिएर आक्रोशित छन् ।

जोन्सनले कडा मार्जिनमा वार्ता गर्नुपर्‍यो र अन्तिम मतदानमा केवल मुट्ठीभर सांसदहरू मात्र गुमाउन सक्नुहुन्थ्यो । यो दुई दर्जनभन्दा बढी थिए । उनीहरूले पहिले आठ सय ६९ पृष्ठको पाठलाई अस्वीकार गर्न खुला रहेको घोषणा गरेका थिए ।

ट्रम्पले फोन गरेर र ह्वाइट हाउस बैठकहरू आयोजना गरेर घरमा कल्याणकारी प्राप्तकर्ताहरूलाई रिसाउने र राष्ट्रपतिको क्रोध निम्त्याउने बीचमा फसेका सांसदहरूलाई मनाउन हप्तौँ बिताउनुभयो ।

विधेयकले सबैभन्दा गरिब अमेरिकीहरूबाट सबैभन्दा धनी व्यक्तिहरूमा सम्पत्तिको ठूलो पुनर्वितरण प्रतिनिधित्व गर्छ भन्ने तथ्याङ्कलाई औँल्याउँदै डेमोक्रेटहरूले विधेयकको सार्वजनिक विरोधले तिनीहरूलाई सन् २०२६ मध्यावधि चुनावमा सदनलाई पल्टाउन मद्दत गर्नेछ भन्ने आशा गरेका छन् ।

“यो विधेयक, यो एउटा ठूलो, कुरूप विधेयक–यो लापरवाह रिपब्लिकन बजेट, यो घृणित घृणास्पद–अमेरिकी जनताको जीवनस्तर सुधार गर्ने बारेमा होइन”, सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रिजले भन्नुभयो ।

विधेयक पारित भएपछि ट्रम्पका पूर्ववर्ती जो बाइडेनले भन्नुभयो, “यो लापरवाह मात्र नभएर निर्दयी छ ।”

सैन्य र सीमा सुरक्षामा अतिरिक्त खर्च आंशिक रूपमा स्वच्छ ऊर्जा र विद्युतीय वाहन सब्सिडी समाप्त गरेर भुक्तान गरिनेछ । यो यस्तो कारक हो जसले ट्रम्प र पूर्व प्रमुख सल्लाहकार एलन मस्कबीच कटु सार्वजनिक विवाद सुरु गरेको छ ।

Previous Post

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

Next Post

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In