• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री

metakhabar by metakhabar
१७ असार २०८२,
0
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यको जानकारी दिँदै सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गर्नुभयो । उहाँले निगमको उद्देश्यअनुरुप कटिबद्ध भई नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

वायुसेवा निगमले स्थापनाको ६७औँ वार्षिकोत्सव साताव्यापीरुपमा रचनात्मक कार्यक्रमका साथ मनाएको हो । निगमको नयाँसडकस्थित केन्द्रीय कार्यालयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।

वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित आकास भैरव पूजामा पर्यटनमन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्षले आकास भैरवको पूजा गर्नुभयो । वार्षिकोत्सवका अवसरमा निगमद्वारा नवनिर्मित डाटा सेन्टरको पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्नुभयो । तत्पश्चात् निगमको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरीमा पर्यटनमन्त्री, निगमका पदाधिकारी एवं कर्मचारी सहभागी भई भूगोल पार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालय परिसरमै आएर प्रभातफेरी कार्यक्रम सभामा परिणत भएको थियो ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ‘ए’ ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्विनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ ।

Previous Post

दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

Next Post

सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In