• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

metakhabar by metakhabar
१३ असार २०८२,
0
फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, १३ असार : मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।

घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ । उहाँका दुई छोरा विद्यालय जान्छन् भने उहाँ पनि दिनभर साबुन बनाउनमा व्यस्त हुनुहन्छ ।

प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहनुभएकी उहाँलाई उद्यमी बन्न ग्रिन फाउन्डेसन नेपाल नामक संस्थाले सिकाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला बोल्नसमेत डर लाग्थ्यो, आजकल आफ्नो उत्पादनको विज्ञापन गर्न सक्ने भएकी छु”, उहाँ थप भन्नुहुन्छ, “साबुन बनाउने तालिममात्र होइन कतिमा उत्पादन गर्ने, अनि कतिमा बिक्री गर्ने र कसरी प्रचार गर्नेसमेत तालिम दिएकाले सक्षम भएकी हुँ ।” उहाँको समूहमा २१ जनाले साबुन उत्पादन गरिरहेका छन् । आम्दानीसँगै जीवनशैली परिवर्तन भएको बताउँदै उहाँ अहिले वनको कन्दमूल रहरले खाने गरेको बताउनुहुन्छ ।

त्यसैगरी ७० वर्षीय हस्तबहादुर वनकरिया हाल खेतीबाट छ महिना खान पाउने र बाँकी समय अन्य कामसँगै साबुन व्यापारले राम्रो भएको बताउनुहुन्छ । कन्दमूल खोज्ने र माछा मारेर जीवन धान्ने गरेका उहाँ करिब २० वर्ष अगाडिबाट बस्तीमा बस्न थाल्नुभएको होभने हाल खेतीमा व्यस्त बन्ने गर्नुभएको छ । त्यसैगरी माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेको बताउनुहुन्छ । साबुन उत्पादनले उहाँलाई जीवन धान्न सजिलो बनाइ दिएको छ ।

बस्तीका महिलाले खोला किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जीवनयापन भएका उक्त जातिका लागि मसिने शान्ति सामुदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसँगै खेर गइरहेका तीतेपातीको प्रयोग गरेर उद्यमी बन्न प्रेरित भएका हुन् ।

उद्यम विकासले आम्दानी भए पनि यथावत समस्या

सन्तोषी वनकरियाले यो जाति भूमि पूजक भएर पनि किन जग्गाधनीपुर्जा नपाएकामा दुःख व्यक्त गर्दै सरकारले भूमिहीन बनाउन नमिल्ने बताउनुहुन्छ । विसं २०६२ मा २० वर्षका लागि दिइएको कागजको समय २०८२ वैशाखमा सकिएको छ । हाल समय सकिएको जग्गामा बसिरहेको र उक्त जग्गामा अधिकार नभएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ, जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौँ न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ, व्यवसाय दर्ता गर्न नै नपाएपछि तीन महिना काम रोकियो, वडाध्यक्षले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो, सधैँ हामी यसरी नै कतिञ्जेल चल्ने ?” उहाँलाई हाल चिन्ता भनेको जग्गामाथिको स्वामित्वमा रहेको छ ।

त्यसैगरी, स्थानीय सङ्गीता वनकरियाले आफ्नो समुदायका लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ताभन्दा बढी हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निःशुल्क पढाइदिएको बताउँछिन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौँ । यसका लागि हामीले कसलाई भन्नुपर्ने हो ?” उहाँले राज्यले दिने भनेको निःशुल्क शिक्षासमेत नपाएकामा दुःख व्यक्त गर्नुभयो । उहाँलाई पनि सन्तोषीलाई जस्तै जग्गाको चिन्ता छ ।

वनकरिया जाति मकवानपुरमा मात्र बसोबास गर्ने लोपोन्मुख जाति हो । वनकरियाहरू मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रा खोला नजिकै सानो बस्तीमा केही दशकअघिदेखि मात्र घर बनाएर बस्न थालेका हुन् । त्यो बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जङ्गलमा बस्थे भने हाल २१ घरधुरीमा ८३ जनाको सङ्ख्यामा वनकरिया रहेको छ । केही दशक अघिसम्म चुरे जङ्गलमै बसेर कन्दमूल खोजेर, माछा मारेर र वन्यजन्तुको सिकार गरेर जीविका चलाउने वनकरियाहरूको जीवनशैली फेरिएको छ ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता थालेपछि यिनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालदेखि यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

नेपालका लोपोन्मुख १० जातिमध्ये ‘वनकरिया’ एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशकअघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिस अहिले मकवानपुर मनहरि–४ वनकरिया बस्तीमा बस्छन् ।

Previous Post

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In