• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

metakhabar by metakhabar
४ असार २०८२,
0
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ।

अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिएका छन्, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिएका छन् ।

सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए ।

इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ ।

इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ ।‘फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर’ गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् ।

हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ ।

इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ । विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्रव्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् ।

मङ्गलबार राति आफ्ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गरे ।

धनी प्रजातन्त्रका क्लबका नेताहरूले संयुक्त रूपमा युद्धविरामको आह्वान गरेको क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट हतारमा बाहिरिएपछि ट्रम्पले अमेरिकी हस्तक्षेपबारे अटकलबाजीलाई बढावा दिए ।

मङ्गलबार वासिङ्टनमा ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरे । उनले अमेरिकाले इरानका सर्वोच्च नेताको सजिलै हत्या गर्न सक्ने पनि घमण्ड गरे ।

“हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुक्नुभएको छ भनेर ठ्याक्कै जान्दछौँ । उहाँ सजिलो लक्ष्य हुनुहुन्छ, तर त्यहाँ सुरक्षित हुनुहुन्छ –– हामी उहाँलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त छैनौँ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे ।

उनले द्वन्द्वको बारेमा छलफल गर्न आफ्नो राष्ट्रिय सुरक्षा परिषद्सँग भेट गरे । बैठक एक घण्टा २० मिनेटपछि कुनै तत्काल सार्वजनिक बयान बिना समाप्त भयो ।

मध्यपूर्वको ‘चिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिए ।

अमेरिकी अधिकारीहरूका अनुसार उनले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गरेको छैन ।

– निकासी –

अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बमबारी अभियान सुरु गर्दा शुक्रबार सुरु भएको लामो दूरीको आक्रमणबाट कुनै पनि पक्ष पछि हटेका छैनन् ।

इजरायलले आफ्नो आक्रमणमा वरिष्ठ इरानी कमान्डर अली शादमानी र उनका पूर्ववर्ती गुलाम अली राशिद मारिएको दाबी गरेको छ ।

लडाइँ सुरु भएदेखि दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरू निकाल्न हतार गरेका छन् ।

सरकारी तथ्याङ्कअनुसार इजरायलले आफ्नो अभियान सुरु गरेदेखि इरानमा बसोबास गर्ने सात सयभन्दा बढी विदेशी छिमेकी अजरबैजान र आर्मेनियामा प्रवेश गरिसकेका छन् ।

उद्धार गरिएका मध्ये रुस, बेलारुस, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका साथै जर्मनी, स्पेन, इटाली, सर्बिया, रोमानिया, पोर्चुगल, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, चीन र भियतनामका नागरिकहरू थिए ।

संयुक्त राज्य अमेरिकाले बढ्दो द्वन्द्वका बीच जेरुसेलममा आफ्नो दूतावास शुक्रबारसम्म बन्द गरिरहेको बताएको छ, तर अमेरिकीहरूलाई ‘सङ्कट क्षेत्र’ छोड्न मद्दत गर्ने बारेमा कुनै घोषणा गरिएको छैन ।

हिंसाको डरले तेहरानका धेरै बासिन्दा भागेका छन् ।

मङ्गलबार मानिसहरूले इन्धन र आधारभूत आपूर्तिहरू भण्डारण गर्न हतार गर्दा बेकरी र पेट्रोल स्टेसनहरू बाहिर लामो लाइनहरू लागेका थिए ।

मङ्गलबार भएको साइबर आक्रमणले इरानको मुख्य सरकारी स्वामित्वमा रहेको बैंकहरू मध्ये एक सेपाह बैंकलाई अपाङ्ग बनाएको फार्स समाचार एजेन्सीले जनाएको छ ।

तेल अभिवमा नियमित रूपमा हवाई आक्रमणको साइरन बजिरहँदा केही मानिस सपिङ मलमुनि रहेको भूमिगत पार्किङमा स्थानमा सरेका छन् । “सबै कुरा स्पष्ट नभएसम्म हामीले यहाँ स्थायी रूपमा शिविर राख्ने निर्णय गरेका छौँ”, ३० वर्षीया माली पापिरानीले भने ।

– आणविक सुविधाहरू –

दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले आफ्नो आश्चर्यजनक हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियारहरू प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । तेहरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

इरानी मिडियाले आणविक सुविधाहरूको घर मध्य सहर इस्फहानमा मङ्गलबार धेरै विस्फोट भएको रिपोर्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानको नातान्ज सुविधामा ‘भूमिगत संवर्धन हलहरूमा प्रत्यक्ष प्रभाव’ भएको देखिएको बताएको छ ।

इजरायलले आफ्ना परमाणु गतिविधिहरूका बारेमा अस्पष्टता कायम राखेको छ, तर स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सिप्री) का अनुसार इजरायलसँग ९० वटा आणविक हतियार छन् ।

द्वन्द्वले तेहरान र वासिङ्टनबीच चलिरहेको आणविक वार्ताको शृङ्खलालाई लिकबाट उतारेको छ । इजरायलको अभियान सुरु भएपछि इरानले आक्रमणमा परेको बेला संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने बताएको थियो ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शासन परिवर्तनको प्रयासले ‘अराजकता’ ल्याउने भन्दै इरानसँग कूटनीति पुनः सुरु गर्न ट्रम्पको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

चीनले ट्रम्पमाथि द्वन्द्वमा ‘आगोमा घिउ खन्याएको’ आरोप लगाएको छ भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली नेता बेन्जामिन नेतान्याहुलाई ‘यस क्षेत्रको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाएका छन् ।

शुक्रबारदेखि इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको र सयौँ घाइते भएको नेतान्याहुको कार्यालयले जनाएको छ । इरानले आइतबार इजरायली हमलामा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र नागरिकसहित कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको बताएको छ । त्यसछि तेहरानले अद्यावधिक सङ्ख्या जारी गरेको छैन ।

Previous Post

कोरियाबाट फर्केर कृषि पेशामा

Next Post

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
Load More
Next Post
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In