• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण

metakhabar by metakhabar
३१ जेष्ठ २०८२,
0
मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ : यहाँका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन् । जोनको वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजन कार्यान्वयन एकाइ मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप आज मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपरकण वितरण गरिएको छ ।

परियोजनाले स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार बजेटमा रहेर पाँचवटै स्थानीय तहलाई समेट्ने गरी यान्त्रिक उपकरण हस्तान्तरण गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । परियोजनाले २६ थान डिजेलबाट चल्ने र नौ थान पेट्रोलबाट चल्ने गरी कूल ३५ थान यान्त्रिक उपकरण हलो अनुदान सहुलियतमा वितरण गरेको छ ।

यसैगरी स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत परियोजनाले घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौँती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, ब्रस कटर १९ थान, भ¥याङ सात थान, कुटो २९, कोदाली ८३ थान, गैँची दुई थान, बाउसो २४ थान डोजे २१ थान, बेल्चा पाँच थान पोर्टेबल लिड स्प्रे चार थान गरी ३१३ थान विभिन्न उपरकण अनुदान सहुलियतमा वितरण गरेको हो ।

परियोजनाले यान्त्रिक उपकरणबाहेक किसानलाई मागका आधारमा ८५ प्रतिशतसम्म अन्य किसिमका अनुदान सहयोग गर्दै आएको छ । मुस्ताङका किसान छिरिङ गोम्बो गुरुङले कृषि क्षेत्रको समुन्नत विकासमा यसप्रकारको यान्त्रिक उपकरण अनुदानले ठूलो टेवा पु-याउने गरेको बताउनुभयो ।

मुस्ताङमा स्याउलगायत विभिन्न शीतोष्ण फलफूलका साथै उवा, फापर, जौ, आलु, मैक र विभिन्न जातका तरकारीहरु उत्पादन हुन्छ । यहाँको परम्परागत कृषि प्रणाली बढी मात्रामा झन्झटिलो र लागत खर्च बढी हुने भएकाले पछिल्लो समय कृषि व्यवसायलाई थप परिस्कृत बनाएर लैजान समस्या देखिएको छ । जनशक्ति र खेत जोत्ने गोरु झोपा पाल्न छोडेपछि कृषि प्रणालीमा चुनौती थपिएको हो ।

पछिल्लो समय मुस्ताङका किसानलाई कृषिसँग सम्बन्धी सरकारी कार्यालय तथा स्थानीय तहले वर्सेनि अनुदान सहुलियतमा यान्त्रिक उपकरण हलोलगायत उपकरण वितरण गर्न थाले कृषकलाई निकै ठूलो सहयोग पुगेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो । यान्त्रिक उपकरणले थोरै जनशक्तिबाट काम गर्न सकिने, समयको बचत, कृषि कामकाजमा सहजता र आर्थिक बचतमा सहयोग पुग्ने कृषि शाखा अधिकृत थकालीको भनाइ छ ।
—

Previous Post

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In