• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

क्याफेमा ‘कृषि हाटबजार’

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
क्याफेमा ‘कृषि हाटबजार’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ जेठः क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा, आधुनिक खाद्य परिकार । काठमाडौँको दरबारमार्गस्थित क्याफे सुनेपछि त मनसपटलमा अरू चित्र पनि आउँछन् । महँगा परिकार र पेयपदार्थको चुस्कीसँगै गफिइरहेका देशीविदेशी ग्राहक, आधुनिक गीतसङ्गीतको गुनगुनाहट ।

दरबारमार्गको ओरियन्ट क्याफेमा पनि अरूबेला यस्तै माहोल हुन्छ, तर शनिबार भने नितान्त फरक । यस दिन बिहान यहाँको माहोल किसानका उत्पादनको सुगन्ध र ग्राहकको उपस्थितिले गुञ्जायमान हुन्छ । यहाँ तरकारी, फलफूल, गेडागुडी, पीठो एवं सातु, अचार, मस्यौरा, दुग्ध र मासुजन्य उत्पादन, हस्तकला र रैथाने परिकार गरी नौ समूहका सामग्री सुगन्ध फैलिन्छ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कृषिउपज मात्र होइन, सोलुको बकुमा आलु, रातो च्याउ र नेचा, सल्यानको दूधे मार्सी र बिरमफुले तथा नुवाकोटमा मात्र उत्पादन हुने समुन्द्रफिनीको चामल । यसबाहेक देशका विभिन्न भूभागबाट आएका कोदो, मकै, फापर, गहुँ, चिनो र कागुनोको पिठो, घरेलु अचार, घ्यू, नौनी, चिज, पनिर, सिताके च्याउ, हस्तकला सामग्री आदिआदि ।

परिकारतर्फ फापर र कोदोको मःम, चिनो, कागुनोको सेलरोटी, भुटेको स्थानीय मकै, सिरौँला, खट्टे, पिनट बटर, लप्सी केण्डी, जडबुटी एवं औषधीय गुण भएका यार्सागुम्बा, सिलाजित, ओखरको तेल, भिरमह, जङ्गली बेललगायतको उपलब्धताले यहाँको माहोललाई थप आकर्षक बनाउँछ । यहाँ पेयपदार्थ पनि पाइन्छ, तर मही, मर्चा प्रविधिबाट बनाइएको कोदोको रक्सी ।

विसं २०८० साउन १ गतेदेखि हरेक शनिबार यहाँ लाग्ने ‘रैथाने कृषि हाटबजार’मा यस्तै स्थानीय उत्पादनको सुगन्ध लिँदै ग्राहकहरू रोजीरोजी सामान किन्न पाउँछन् । यहाँको विशेषता छ– न चर्को मूल्य, न त ग्राहक र बिक्रेताले मोलमोलाइ गर्नुपर्ने झन्झट । ग्राहकले स्वच्छ र पौष्टिक सामान पाउने, विक्रेताले मेहनतअनुसारको मूल्य । ग्राहकहरूले मही पिउँदै, सिस्नुको सुपको चुस्की लिँदै उपलब्ध सामग्रीको प्रयोग र फाइदाबारे किसानसँग सिधा कुराकानी गर्दै सामान किन्ने ।

यसले उपभोक्ता र साना किसानको दूरीमात्र घटाएको छैन, साना उद्यमीका उत्पादनको बजारीकरण, त्यसको महत्वबारे प्रचार र आधुनिक खानपानमा रमाएर बिर्सिँदै गएका रैथाने कृषिउपजको पुनर्जागरणमा योगदान पुगेको यहाँ पुग्नेहरूले बताउने गरेका छन् ।

यस अभियानलाई प्रवर्द्धन गरिरहेको छ रैथाने एग्री प्रडक्ट प्रालिले । उत्पादक किसानसँग सम्पर्क, समन्वय, बजार व्यवस्थापन, प्रचारप्रसार, परामर्श सेवा र अभिमुखीकरणलगायतमा यस संस्थाले सहजीकरण गरिरहेको छभने ओरियन्ट क्याफेले निःशुल्क रूपमा स्थान, बैठक हललगायत सुविधा दिएको छ । यसैगरी डेरी एसोसिएसन नेपालले आगन्तुकलाई महीका निम्ति निःशुल्क दहीको व्यवस्थापन गरिरहेको छ । अभियन्ता एवं एग्री प्रडक्ट प्रालिका अध्यक्ष तिलक ढकाल रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गरी रोजगारी सृजना, मौलिक सांस्कृतिक खानाको प्रचार तथा उत्पादित कृषिउपजको उचित बजारीकरणका लागि अभियान सुरु गरिएको बताउनुहुन्छ ।

यहाँ विषादीरहित रैथाने कृषि उत्पादनहरूको मात्र बजारीकरण गरिने भएकाले जैविक उत्पादन प्रवर्द्धन भई स्वच्छ वातावरण र स्वास्थ्य जीवन जिउने अभियानमा मद्दत पुगेको उहाँको भनाइ छ । “सहरबजारमा पैसा भयो भने जे पनि, जति पनि सामान पाइन्छ, तर ताजा, स्वस्थ, पौष्टिक र विषादीरहित सामान पाउन निकै कठिन छ । पछिल्लो समय उपभोक्ताले ताजा र विषादीरहित उत्पादन र किसानले बिचौलियाविहीन बजार खोजिरहेका छन् । यी दुवै समस्या समाधान गर्न हामीले यो अभियान सुरु गरेका हौँ”, ढकाल भन्नुहुन्छ, “यस्तो मोडलले किसान र उपभोक्ताबीचको दूरी र अविश्वास दुवै घटाएको छ । बिचौलियाबिना बिक्री गर्दा किसानलाई उचित मूल्य मिलेको छ, उपभोक्ताले पनि ताजा, स्वस्थ उत्पादन सस्तोमा पाएका छन् ।”

यसरी भइरहेको छ लाभ

नुवाकोट दुप्चेश्वर–१ का कृष्ण स्याङ्तान तीन वर्ष बेलायत बसेर स्वदेश फर्किएपछि मौलिक नेपाली कृषिउपज प्रवर्द्धनमा लाग्नुभएको छ । उहाँ मकै, कोदो, सेरेना प्रजातिको मह, मौसमअनुसार जङ्गलमा पाइने खानेकुरा, नेपालका पाँच जिल्लामा मात्र पाउने घ्यू, आलु प्रवर्द्धन गरी आयआर्जनमा लाग्नुभएको छ । पछिल्लो दुई वर्षयता उहाँको मुख्य व्यापार हो, सिस्नु । यसको प्रवर्द्धनका लागि रैथाने कृषि हाटबजार उपयोगी भएको उहाँले सुनाउनुभयो ।

“हाटबजार लाग्न थालेपछि हरेक शनिबार क्याफमै गएर सिस्नुलगायत सामग्री बेचिरहेको छु । यहाँबाट मेरो व्यवसायको प्रचारमा उल्लेख्य टेवा पुगेको छ । प्रचार भएपछि अनलाइनमार्फत पनि कारोबारमा वृद्धि भएको छ”, स्याङ्तानले भन्नुभयो, “आम्दानी त भइरहेको छ नै, हिजो गरिबले खाने परिकार भनेर हेला गरिने सिस्नुबारे अचेल सम्भ्रान्त मान्छे बस्ने दरबारमार्गमै प्रचार गर्न पाएको छु । हजारौँलाई यसको फाइदाबारे जानकारी दिन पाएको छु ।” सबैभन्दा गज्जब त लाखौँको गाडी चढेर एकडेढ सयको सिस्नुको प्याकेट लिन आउनेको सङ्ख्या बढ्दै गएकामा उहाँलाई अझ बढी आनन्द लाग्न थालेको छ ।

भक्तपुर गोठाटारकी लक्ष्मी पोखरेलले अन्य दिदीबिहीनीसँग मिलेर कोदो, कागुनो, फापर, जौँ, आलसलगायत नेपाली परम्परागत खाद्य सामग्रीको आधुनिक प्रयोगमार्फत व्यवसाय गरिरहनुभएको छ । उहाँले हर्लिक्स र बर्नबिटाजस्ता प्रशोधित सामग्रीको विकल्पमा कोदोजन्य बालीबाट सामग्री, कागुनो, आलस र जौँबाट प्यानकेक, जौँ र फापर टुसाएपछि त्यसलाई पिसेर ‘चोखो पीठो’, मुङ र तिलको प्रयोगबाट विभिन्न उपभोग्य वस्तु बनाएर कारोबार गरिरहनुभएको छ । “पहिले हामी स्थानीय पसलमै सीमित थियो, बजारीकरण गर्न सकिएको थिएन । पछिल्लो समय हाटबजारमा जान थालेपछि बजार प्रवर्द्धनमा एकदमै सघाउ पुगेको छ । त्यहीबाट आफ्नो उत्पादनलाई चिनाउन थालेका छौँ । यसले घरमा बसेर केही गर्ने चाहना भएका साना उद्यमी महिला तथा युवालाई सघाउ पुगेको छ ।”

काठमाडौँ महाराजगञ्जकी वसुन्धरा श्रेष्ठ पेसाले ‘इन्टेरियर डिजाइनर’ (घर तथा कार्यालयको भित्री सजावट) भए पनि विगत १२–१३ वर्षदेखि बदामको बटर, आलस, कोदोको पीठोबाट चार किसिमका बिस्कुट, टिमुर र मेथीको अचार तथा चिया मसलालगायत सामग्री बनाउँदै आउनुभएको छ । हाटबजारबाट वर्षौँदेखिको व्यापारको छुट्टै पहिचान स्थापित गर्न सहज भएको उहाँले बताउनुभयो । “हाटबजारमा आफ्ना समान बेच्नेमात्र होइन, त्यहीबाट कच्चा पदार्थ किन्न नि पाइन्छ । पहिले यसैका लागि धेरै ठाउँ धाउनुपथ्र्यो, अहिले त्यसको चिन्ता छैन । त्यसैमार्फत प्रचार हुँदा स्वदेशमा कारोबार बढेको छ । विदेशमा समेत सामान पठाउने आधार बनिरहेको छ”, श्रेष्ठले भन्नुभयो ।

यहाँ हरेक हप्ता ३५ वटा फरकफरक सामग्रीका स्टल लाग्छन् । यसबाट हरेक हप्ता तीन सयदेखि चार सय उपभोक्ता लाभान्वित भइरहेका संस्थाले जनाएको छ । गत शनिबार यस अभियानले १००औँ हप्ता पूरा गरेको छ ।

यसरी जन्मियो अभियान

यो अभियान २०७६ साल साउन २२ गतेदेखि सुरु भएको हो । चितवनको तोरीको तेल र चिउरीको रसबाट बनेको सेरेना प्रजातिको मह गरी दुईवटा उपजबाट अभियान सुरु भएको थियो । हाल ५५ जिल्लाका तीन सयभन्दा बढी कृषिउपज र वस्तुको बजारीकरण गर्ने अवस्थामा पुगेको अभियन्ता ढकालले जानकारी दिनुभयो । “यो अभियान रैथाने कृषिलाई माया गर्ने चारपाँच जनाको सल्लाहबाट सुरु भएको हो । हाल देशभर विस्तार भइरहेको छ, संस्थामा ४९ जना जोडिएका छौँ । तीन सयभन्दा बढी कृषिउपज आफैँ किन्ने र बेच्ने तथा किसानलाई सिधै उपभोक्ता वा बजारसँग जोड्न सहजीकरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसक्रममा ९८ वटा समूह, सहकारी, व्यक्तिसँग सम्झौता गरेर उत्पादनमा प्रोत्साहन र लागत मूल्यअनुसार किन्ने सुनिश्चिता गरेका छौँ । छवटा स्थानीय तहसँग रैथाने उत्पादन गर्ने र त्यसको बजार खोज्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ ।”

अभियानको मुख्य ध्येय साना किसानलाई रैथाने बाली, सीप तथा प्रविधिसँग जोडिरहने र त्यसलाई अर्थोपार्जनको बलियो आधार बनाउनु हो । “भूगोल, हावापानीलगायत कारणले हामीकहाँ प्रचुर कृषि विविधता छ, तर विविध कारणले परम्परागत कृषिकर्म छोड्दै गयौँ, सीप हराउँदै गयो । यसले समग्र कृषि प्रणाली नै बिग्रिएको छ । यसर्थ रैथाने कृषि, प्रविधि र सीप जोगाउँदै उद्यमशीलता विकास र उपभोक्तालाई उचित मूल्यमा स्वस्थ, विषादीरहित कृषिउपज उपलब्ध गराउनु हाम्रो ध्येय हो”, ढकाल भन्नुहुन्छ ।

यो कार्यक्रम हाल काठमाडौँको दरबारमार्ग, नागार्जुन नगरपालिकाको स्युचाटार, बूढानीलकण्ठको धापासी र टोखा नगरपालिकाको धापासीहाइटमा साप्ताहिक रूपमा सञ्चालन भइरहेको छ । आयोजकले रैथाने कृषिउपज तथा त्यसको प्रयोगका लागि उपभोक्तालाई सचेत गराउन अभियानलाई थप विस्तार गर्ने जनाएको छ ।

अभियानका सदस्य एवं ओरियन्ट क्याफेका सञ्चालक उद्धव ढकाल हाटबजार तरकारी किनबेचको ठाउँमात्र नभई सहरिया मानिसको सोच, सामाजिक र आर्थिक पक्ष बुझ्ने आधार पनि हो भन्नुहुन्छ । यसले सहरिया उपभोक्तालाई देशका विभिन्न भूभागमा उत्पादन हुने परम्परागत स्वस्थ, पौष्टिक, विषादीरहित गुणस्तरीय कृषिउपज उपलब्ध गराउने प्रभावकारी ‘प्लेटफर्म’को काम गरेको उहाँको भनाइ छ ।

“हाटबजार हाम्रो पहिचान पनि हो । यो आर्थिक कारोबारमात्र होइन, सांस्कृतिक र सामाजिक अन्तरघुलनको आधार पनि हो”, उहाँ भन्नुहुन्छ, “यसका माध्यमबाट साना किसानको उद्यमशीलता प्रवर्द्धन, रैथाने कृषिउपज प्रयोगको संस्कृति विकास र उपभोक्ताको स्वास्थ्यलाई उपयोगी वस्तु उपलब्ध गराउने अभियानमा हाम्रो क्याफेले सहकार्य गरेको हो ।”

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In