• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्यो : वैज्ञानिकहरू

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्यो : वैज्ञानिकहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार एक रिपोर्टमा जनाएको छ । यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो ।

आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको अग्रपङ्क्तिमा छ । वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो सन् १९७९ देखि पृथ्वीका अन्य भागहरूभन्दा चार गुणा छिटो तातिएको छ ।

“प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणाले पग्लने दर… यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको बरफको पत्रको योगदान यो तापक्रम नआएको भए जति हुने थियो त्यसभन्दा बढी छ,” प्रतिवेदनका एक लेखक, इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले पत्रकारहरूलाई भन्नुभयो, “जलवायु परिवर्तन नभएको भए यो असम्भव हुने थियो ।”

आइसल्यान्डमा मे १५ मा तापक्रम २६ डिग्री सेल्सियस (७९ फारेनहाइट) पार गर्‍यो । यो उपआर्कटिक टापुका लागि त्यो समयमा अभूतपूर्व थियो ।

“सन् १९९१–२०२० को औसत मे महिनाको दैनिक अधिकतम तापक्रमभन्दा १३ डिग्री सेल्सियस बढी तातो आइसल्यान्डमा यो मे महिनामा देखिएको तापक्रम रेकर्ड तोड्ने छ”, डब्लुडब्लुएले भन्यो ।

देशको मौसम विज्ञान संस्थानका अनुसार मे महिनामा आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रहरूले रेकर्ड तापक्रम दर्ता गरेका छन् ।

पूर्वी ग्रिनल्यान्डमा गर्मीको समयमा सबैभन्दा तातो दिन पूर्व–औद्योगिक मौसमको तुलनामा करिब तीन दशमलव नौ डिग्री सेल्सियस बढी थियो ।

“लगभग २० डिग्री सेल्सियसको तापक्रम संसारभरका धेरैजसो मानिसको अनुभवबाट चरम घटना जस्तो नलाग्न सक्छ, तर यो संसारको यस भागको लागि साँच्चै ठूलो कुरा हो”, ओटोले भन्नुभयो, “यसले पूरै संसारलाई व्यापक रूपमा प्रभावित पार्छ ।”

डब्लुडब्लुएका अनुसार यस मे महिनामा आइसल्याण्ड र ग्रिनल्याण्डमा देखिएको रेकर्ड उचाइ प्रत्येक एक सय वर्षमा दोहोरिन सक्छ ।

ग्रिनल्याण्डका आदिवासी समुदायहरूका लागि तातो तापक्रम र पग्लिने बरफले उनीहरूको जीविकोपार्जन र परम्परागत जीवनशैलीका लागि खतरा उत्पन्न गर्दै बरफमा सिकार गर्ने क्षमतालाई असर गर्छ ।

यी परिवर्तनले दुई देशको पूर्वाधारलाई पनि प्रभावित गरेको छ ।

“ग्रिनल्याण्ड र आइसल्यान्डमा चिसो मौसमका लागि पूर्वाधार निर्माण गरिएको छ, जसको अर्थ गर्मीको लहरमा हिउँ पग्लिँदा बाढी आउन सक्छ र सडक र पूर्वाधारलाई क्षति पुर्‍याउन सक्छ”, डब्लुडब्लुएले भन्यो।

Previous Post

मुुलुक पुरानो व्यवस्थामा नफर्कने

Next Post

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In