• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २७ जेठः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ ।

अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहरलाई घटाएर निःसङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ । बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ ।

माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो । अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहर मिसाएर राख्न सकिन्छ । यो मेसिनको क्षमता दुई सय ५० लिटर रहेको उहाँले जानकारी दिनुभयो । मिश्रले भन्नुभयो, “यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ । मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ ।”

प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ । यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उहाँले जानकारी दिनुभयो । यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उहाँको भनाइ छ ।

माइक्रोवेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उहाँले बताउनुभयो । मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ ।

अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुने गरेको छ । हुन्छ । यो फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहर सङ्कलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ । त्यसपछि सङ्कलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ । कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उहाँले बताउनुभयो । यद्यपि फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उहाँको भनाइ छ ।

अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तरराष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले जानकारी दिनुभयो । अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ । क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको उल्लेख गर्नुहुन्छ ।

अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उहाँले बताउनुभयो । अस्पतालले हाल अस्पातलबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुङ्गाहरूको प्रयोगबाट शुद्धीकरण गरिन्छ । शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

Previous Post

थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम

Next Post

१० महिनामा १४७४ अर्बको आयात, निर्यात २१७ अर्ब; व्यापार घाटा अझै गहिरो

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
१० महिनामा १४७४ अर्बको आयात, निर्यात २१७ अर्ब; व्यापार घाटा अझै गहिरो

१० महिनामा १४७४ अर्बको आयात, निर्यात २१७ अर्ब; व्यापार घाटा अझै गहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In