डाक्टरः हैन यो बिरामी त मरेछ कि क्या हो ?
बिरामीः मरेको छैन डाक्टर साब म त ज्यूँदै छु ।
नर्सः चुप लाग, तिमी जान्ने कि डाक्टर जान्ने ?
पहिलोपटक ससुराली
पहिलोपटक ससुराली जान लागेको आफ्नो छोरालाई बुवाले सम्झाउँदै भनेछन्— छोरा ससुरालीमा जे सोधे पनि अलि बढाएर भन्नु है ।
छोराः हुन्छ बुवा, त्यति त मैले पनि जानेको छु नि ।
ससुराली पुगेपछि ससुराले सोधेछन्ः ज्वाइँ साहेब तपाईंको त मोटरबाइक पनि छ होइन ?
ज्वाइँः हजुर मेरो त गाडी नै छ नि ।
ससुराः अनि ज्वाइँ साहेब, हजुरको त कपडा पसल पनि छ हैन र ?
ज्वाइँः पसल कहाँ हुनु नि कपडा फ्याक्ट्री नै छ नि !
ससुराः ज्वाइँ हजुरलाई त खोकी पन लागेजस्तो छ नि ?
ज्वाइँः खोकीमात्र कहाँ हो र मलाई त टिवी नै लागेको छ नि…. !
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट












