• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मन्त्रिपरिषद विस्तार आज, दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ

by
३ माघ २०७९,
0
मन्त्रिपरिषद विस्तार आज, दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको अंक गणितलाई आधार बनाउँदै सत्तारूढ साझेदार दलहरूले मन्त्रालय बाँडफाँट टुंग्याएका छन् । बाँडफाँटबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल र सरकारलाई समर्थन गरेका अन्य दलहरूलाई पनि समेट्ने कोशिस कायम राख्न उनीहरूले टुंग्याएका मन्त्रालयबारे औपचारिक जानकारी भने दिएका छैनन् ।

आज (मंगलबार) दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । नेताहरूका अनुसार त्यसअघि मन्त्रालय बाँडफाँटमा सामान्य हेरफेरको सम्भावना छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको हो । सत्ता साझेदार दलहरूले सरकारलाई समर्थन गर्ने दलहरूको सिट संख्याको अनुपातमा बाँडफाँट टुंग्याएका छन् । तर, सरकारलाई समर्थन गर्दै आएको जसपाले बाँडफाँटप्रति असहमति जनाउँदै बैठकको बीचबाटै बाहिरिएको छ ।

सहभागी एक नेताका अनुसार साझेदारमध्येको ठूलो दल एमालेले ८ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरे पनि तीन मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ ।

मन्त्रालय बाँडफाँट टुंगो लगाए पनि दलहरूले संख्या, मन्त्रालय र मन्त्रीहरूको नाम सार्बजनिक गरेका छैनन् । मंगलवार बिहान पार्टीमा आन्तरिक छलफल गर्दा मन्त्रालय र नामहरू हेरफेर हुनसक्ने कारण जनाउँदै एकै पटक सार्बजनिक गरिने नेताहरूले बताएका छन् ।

‘हामीले कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने तय ग¥यौं तर त्यसलाई अझ कोको मन्त्रीसहित भनेर मात्रै सार्बजनिक गर्ने समझदारी भएको छ’, गृहमन्त्री लामिछानेले भने,‘मंगलवार बिहान आ–आफ्नो पार्टीमा छलफल गरेपछि परिवर्तन पनि हुनसक्ने भएकाले अहिल्यै सबै भन्न सकिदैंन, तर बाँडफाँटका लागि फेरि अर्को बैठक बस्दैन ।’

वैठकले मंगलवार मन्त्रीहरूलाई शपथ गराउने सहमति गरेको र दिउँसो १ बजे शपथका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले जानकारी दिए । ‘मन्त्रालय बाँडफाँट टुंगिएको छ, शपथका लागि मंगलवार दिउँसो १ बजेका लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको छ’ बैठकपछि गृहमन्त्री लामिछानेले भने ।

जसपाले बाँडफाँट अस्वीकार गरे पनि मंगलवारसम्म सरकारमा सहभागी हुने सुनिश्चित भएको अबस्था र लोसपा र नागरिक उन्मुक्ति पार्टी समेत सामेल हुँदा मन्त्रालयको संख्या तलमाथि हुनसक्ने उनले संकेत गरे ।

लोसपाले सरकारमा सामेल हुने निर्णय गरिसकेको छ भने नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नेता रेशम चौधरीको रिहा नभएसम्म सरकारमा सामेल नहुने शर्त राख्दै आएको छ । उनले संख्या र बाँडफाँट गरिएको मन्त्रालय हेरफेर हुँदा आपसी सहकार्य र समझदारीमा सल्लाहमा हुने तर बैठक भने नबस्ने उनको भनाई छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको समझदारीअनुसार मन्त्रिपरिषद् बिस्तारलगत्तै अपरान्ह् ४ बजे प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास, बालुवाटारमा कांग्रेस, नेकपा एससहित सरकारलाई विश्वासको मत दिने दलहरूको सर्बदलीय बैठक बोलाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग बालकोट पुगेर लामो छलफल गरेका थिए । साँढे चार घण्टाको छलफलबाट उनीहरूबीच मन्त्रालय बाँडफाँटसहितमा समझदारी जुटेपछि अन्तिम टुंगो लगाउन साँझ बालुवाटारमा संयन्त्रको बैठक राख्ने समझदारी भएको थियो ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित सरकारको नेतृत्व गरेका छन् । एमालेबाटै मन्त्रीमा नियुक्त दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, रास्वपाबाट अध्यक्ष लामिछानेले गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व लिएका छन् । जनमत पार्टीबाट अब्दुल खान मन्त्री छन् ।

Previous Post

किन भारत गए निधि र आरजु

Next Post

पोखरा विमान दुर्घटनाः केही व्यक्तिको शव काठमाडौँ पठाइँदै

सम्बन्धित खबर

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन
आवाज

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

१२ चैत्र २०८२,
नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
आवाज

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

१२ चैत्र २०८२,
आवाज

यस्तो छ आजको मौसम

१२ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
Load More
Next Post
दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा विमान दुर्घटनाः केही व्यक्तिको शव काठमाडौँ पठाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In