• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा), २२ जेठः पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो ।

‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ । जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तरक्रिया, सडकमा सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्नेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सप्ताहव्यापी कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरणका अभियान सञ्चालन गर्ने बताउनुभयो । ‘‘कार्यालयले नियमित रुपमा नै ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्दै आइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘अहिले विशेष कार्यक्रमको रुपमा ट्राफिक जनचेतना अभियान सुरुवात गरेका छौँ ।’’ पर्सा जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षभरिमा भने सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय का वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले कार्यालयले अभियान अन्तरगत विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफल गरेर जनचेतनालाई अभिवृद्धि गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा पर्साका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक समाज लगायतका दुई हजारभन्दा धेरैको उपस्थिति रहेको थियो ।

ट्राफिक जनचेतना अभियान वीरगञ्जको घण्टाघर, आर्दशनगर, अलखिया मठ हुदैँ फेरि वीरगञ्ज घण्टाघरमा आएर जनचेतना अभियान सम्पन्न भएको थियो ।

Previous Post

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

Next Post

देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
आवाज

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

१ चैत्र २०८२,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In