• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इसाई धर्म प्रचारक नेपाललाई निशाना बनाउँदै

by
२ माघ २०७९,
0
इसाई धर्म प्रचारक नेपाललाई निशाना बनाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।धादिङ जिल्लाको झार्लाङ्ग गाउँमा हालै स्थापना गरिएको चर्च उद्घाटन गर्न पुगेका कोरियाली पादरी पाङ्ग चाङ्ग इनले भावविभोर भएर आँसु खसाल्दै भने– ‘येशुको जीत होस् ।’

हालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गर्यो । यसरी धर्म परिवर्तन गर्नेहरू अधिकांश आदिवासी तामाङ समुदायका मानिसहरु छन् ।

पादरी पाङ्गको बुझाइमा तामाङ समुदाय ‘आर्थिक र आध्यात्मिक रूपमा गरिब’ छ । ‘त्यसैले, एउटा चमत्कार हुन्छ र सारा गाउँले नै धर्म परिवर्तन गर्छ’ उनले भने ।

पाङजस्तै दक्षिण कोरियाली धर्म प्रचारक र पादरीहरूले बुद्धको जन्मभूमि र यसअघि हिन्दू राज्य रहेको नेपालमा धर्म प्रचारलाई तीव्र पार्दै लगेका छन् । यसकारण नेपालमा इसाई धर्मवलम्बीहरुको सङ्ख्या विश्वमै सबैभन्दा तीव्र गतिमा बढ्दो छ ।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः दलित र आदिवासी जनजाति समुदायका मानिसहरू छन् । पादरी पाङ्गले भनेजस्तै उनीहरूलाई चमत्कारमा पनि विश्वास लागेको हुनसक्छ । यद्यपि धर्म परिवर्तन गरेपछि उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ ।

इसाई धर्म प्रचारकको रूपमा नेपालमा दुई दशक बिताएका पाङ्गले आफ्नो रोहबरमा करिब ७० चर्चहरू स्थापना गरेका छन् । धेरैजसो यस्ता चर्चहरू धादिङ जिल्लामा अवस्थित छन् । उनका अनुसार चर्च बनाउनका लागि जग्गा त्यहाँको समुदायले नै उपलब्ध गराउँछन् भने कोरियामा रहेका चर्चहरूले निर्माण कार्यका लागि आर्थिक सहयोग गर्छन् ।

पादरी पाङ्ग दाबी गर्छन्, ‘प्रायः सबै चर्चहरु पहाडी उपत्यकामा बनिरहेका छन् ।’

पछिल्ला केही वर्षयता नेपालमा ठूलो सङ्ख्यामा चर्चहरूको निर्माण भइरहेको छ । इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ७ हजार ७ सय ५८ चर्चहरू रहेको पाइएको छ ।

यस्तो परिवर्तनका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको भूमिका छ । केही दशकअघि मात्रै धर्म प्रचारकलाई अरु देशमा खटाउन सुरु गरेको दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारक परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येको एक हुन पुगेको छ ।

कोरियाको वर्ल्ड मिसन एसोसिएशनले जनाएअनुसार २ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर सक्रिय छन् ।

धर्म परिवर्तन गरेर पुनर्जन्म प्राप्त गरेको दाबी गर्ने कोरियाली धर्म प्रचारक, मिसनरी र पादरीहरू धर्म परिवर्तनका लागि कठिन मानिने संसारका विभिन्न स्थानमा समेत आक्रामक रूपमा सक्रिय छन् । यस क्रममा कतिपय स्थानबाट उनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ ।

संविधान अनुसार नेपाल धर्म निरपेक्ष मुलुक हो । संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति पनि दिएको छ । यद्यपि सन् २०१८ मा लागू धर्म परिवर्तनविरुद्धको कानूनले धर्म परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर भए पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

‘धर्म परिवर्तनविरुद्धको कानूनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौँ’ पाङ्गकी श्रीमती ली जियोङ्ग ही भन्छिन् ।

‘तर यो डरले हामीलाई इसाई धर्मको उपदेश फैलाउन रोक्न सक्दैन । हामी आत्माहरूको उद्धार गर्ने कार्यलाई रोक्दैनौँ ।’ उनले भनिन् ।

यो दम्पति यसअघि बैंकमा काम गर्दै आएका थिए । ‘पहिले मेरा श्रीमान्‌ले नै ईश्वरको आदेश प्राप्त गर्नुभएको हो र त्यसको छोटो समयपछि ईश्वरले हामीलाई नेपाल जाने बाटोमा पठाइदिनुभयो’ उनले भनिन् ।

उनीहरू सन् २००३ मा पहिलो पटक नेपाल आउँदा नेपालमा राजतन्त्रात्मक व्यवस्था नै कायम थियो । ‘यहाँ धेरै मूर्तिको पूजा भएको देखेर म स्तब्ध भएको थिएँ’ पाङ्गले भने । ‘मलाई लाग्यो नेपालमा येशूको उपदेशको ठूलो खाँचो छ ।’

२०६२–६३ को जनआन्दोलनपछि नेपाल धर्म निरपेक्ष मुलुक बन्यो । ‘यसपछि धर्म प्रचारका लागि स्वर्णयुग सुरु भयो ।’ पाङ्गले भने ।

हिन्दू राष्ट्रका अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा इसाई धर्म नेपालमा फैलिरहेका कारण नेपाली सांस्कृतिक पहिचान धरापमा परेको बताउँछन् । धर्म प्रचारकहरुले गरिब र सोझासिधा जनतालाई शोषण गरेको उनको धारणा छ । उनी कोरियाली धर्म प्रचारको कार्य ‘देशको सांस्कृतिक पहिचानमाथि सङ्गठित हमला’ भएको बताउँछन् ।

स्रोतः बीबीसी

Previous Post

के हो विमान दुर्घटनापछि खोजिने ब्ल्याक बक्स ?

Next Post

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In