• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, २० जेठः जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट जिल्लाका सातवटै पालिकाका कृषकलाई निःशुल्क माछाका भुरा उपलब्ध गराइएको हो ।

पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले कुश्मा नगरपालिकामा ३८ हजार, जलजला गाउँपालिकामा ६० हजार, मोदी गाउँपालिकामा ३५ हजार, विहादी गाउँपालिकामा सात हजार, पैँयु गाउँपालिकामा ३१ हजार र फलेबास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो ।

व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने र माछामा आत्मनिर्भर बनाउने उद्देश्यले भुरा वितरण गरिएको बताउँदै उहाँले यस वर्ष २० रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको उल्लेख गर्नुभयो । परियारका अनुसार माछापोखरी निर्माणका कार्यालयले प्रतिरोपनी रु २५ हजारका दरले अनुदान वितरण गर्नेछ ।

माछापालनतर्फ कृषकको आकर्षण बढाउनका लागि कार्यालयले यस वर्ष रु २० लाख विनियोजन गरेको थियो । अहिले जिल्लाभर ३० भन्दाबढी माछापालन फार्म सञ्चालनमा रहेका जनाउँदै कृषकको माग र पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक परियारले बताउनुभयो ।

जिल्लालाई माछामा आत्मनिर्भर गराउनेगरी पोखरी निर्माण र भुरा वितरणमा सहयोग गरिएको केन्द्रले जनाएको छ । केन्द्रले यस वर्ष बृहत्तर पशुपक्षी प्रवर्द्धन सहयोग कार्यक्रमअन्तर्गत प्रतिकार्यक्रम रु आठ लाख ३३ हजारका दरले छ वटा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीयस्तरमा पशुपक्षी प्रवर्द्धनमा सहयोग कार्यक्रमअन्तर्गत दुई वटा कार्यक्रमसञ्चालन गर्ने जनाएको हो ।

यसबाहेक पाडा, बाच्छा हुर्काउने कृषकलाई प्रोत्साहन रकम वितरण, कृत्रिम गर्भाधान सेवा, गाईभैँसीलाई सुत्केरी पोषण खर्चलगायत अनुदान कार्यक्रमका साथै गाईभैँसीमा पूर्ण खोप अभियान सञ्चालन गरिएको कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका बताउँदै उहाँले कार्यालयको लक्ष्यअनुसार उपलब्धि हासिल हुँदै गएको उल्लेख गर्नुभयो ।

Previous Post

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Next Post

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आरनको भरमा लुहार दम्पतीको जीविका
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
Load More
Next Post
विकासोन्मुख देशहरूले अमेरिकी व्यापार सम्झौतालाई द्रूत गतिमा अघि बढाउनुपर्छ : विश्व बैङ्कका अध्यक्ष

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In