• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), १७ जेठः निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगरले भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लाग्नु भएका उहाँ अहिले पनि उस्तै तगडा हुनुहुन्छ । उहाँका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माहुँ भेडा छन् । गत असोज दसैँ मान्नका लागि बेसी झर्नु भएका किसान घर्ती लेक उक्लिने तरखर गर्दै हुनुहुन्छ ।

उहाँका लेकमा बस्ने धेरैजसो गोठाला साथी लेक उक्लिसके ।
जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यति बेला बागलुङको रिग क्षेत्र, खोलाखानी, सोडेडाँडा, पातीहाल्नेलगायतका ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चपर्च बोकी बुकी उक्लि रहेको भेटिन्छ । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन सक्दैनन् । यतिबेला लेक उक्लिएका गोठाला दसैँ मान्न असोज तिर मात्रै बेसी झर्छन् ।

अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोजमा बेसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् । लामो समय लेकमै बस्ने हुँदा भागविरले खाने खर्चको चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ । अबको करिब पाँच महिना लेकमै बिताउने उहाँ बताउनुहुन्छ । यति बेला बेसीमा घाँस सकिएकोे र लेकमा प्रसस्त पाइने उहाँको भनाइ छ । गोठालाहरु तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

यस वर्ष अलि छिटै वर्षा सुरु भएपछि लेकमा घाँस पलाउन थालेको घर्तीले बताउनुभयो । बर्खा भरि बुकीमा पालेका भेडाबाख्रा दसैँ बेला बजारसम्म पु¥याएर राम्रो मूल्य पार्ने गर्दछन् । बागलुङको निसीखोला–६ मा पर्ने रिग, खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि हजारौँ भेडाबाख्रा लिएर आउने गर्छन् ।  हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुने हुँदा बेसी ओर्लने गर्छन् । पछिल्लो समय नयाँ पुस्ताले चासो नदिँदा भेडापालन किसान कम भएको उहाँको भनाइ छ ।

“लामो समय बेसीमै बसियो, अब लेक जाने बेला भयो, यसपाली मैले केही दिन ढिला गरेँ, अबको दुई÷चार दिनमा म पनि लेकमा पुगि सक्छु, गाउँमा बस्दा परिवारसँगै भइन्छ, रमाइलो हुन्छ, लेकमा त सबै हुँदैनन्,” उहाँले भन्नुभयो, “अब गएपछि आउने उहीँ दसैँ बेला हो, त्यस बेलासम्म छोराछोरीसँग भेट्न हुन पाइँदैन, कहिलेकाहीँ अन्नपात लिएर लेक उक्लिए भने मात्रै भेट हुन्छ ।”

जिल्लो तमानखोला, बोबाङ, अधिकारीचौर लगायतका क्षेत्रका भेडीगोठाले पनि ढोरपाटन, जलजलालगायतको क्षेत्रमा वस्तुभाउ लिएर जाने गर्छन् । यी क्षेत्रबाट आधाभन्दा बढी गोठाला लेकमा पुगी सके भने केही बाटोमै भेटिन्छन् । कोही जाने सुरसार गर्दैछन् । ढोरपाटन–९ का थमबहादुर पुनले गत साता गाईभैँसीलाई लेक पु¥याउनु भएको छ । आफु पेटसम्बन्धि रोगी भएको हुँदा उपचारका लागि अहिले बेसी झार्नु भएको छ । पाँच दिनपछि लेक फर्किने गरी बेसी झरेको पुनले बताउनुभयो ।

पहिले लेक जाँदा अन्नपात र वस्तुभाउका किलादाम्ला मान्छेलेनै बोकेर लैजाने गरेको भन्दै बुर्तिबाङ–ढोरपाटन सडकमा गाडी चल्ने हुँदा ढुवानी तिरर लैजाने गरेको सुनाउनुभयो । बाउबाजेको पालादेखिनै लेकबेसी गरेर सयौँ वस्तुभाउ पाल्दै आएको पुनको भनाइ छ । आफूको पुस्ताले पशुपालन गरेरै जीविको चलाए पनि अबका नयाँ पुस्ताले यो पेसा नगर्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँभरिका सबैले पशु पाल्ने हुँदा एकै ठाउँमा राखेर दाना र घाँस पु¥याउन सकिदैन, त्यसले गर्दा बर्खामा लेक र हिउँदमा बेसी झर्ने चलन चलेको हो, एउटै परिवारले कम्तिमा २०÷३० गाईभैँसी पालेको हुन्छ, कोहीले सयौँको सङ्ख्यामा भेडाबाख्रा पालेको हुन्छ, त्यति धेरै वस्तुभाउलाई कसरी घाँस पु¥याउने ?, त्यही भएर लेकबेसी गर्ने गरेका हौँ ।”
–––

Previous Post

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

Next Post

आज विश्व धूमपानरहित दिवस, नेपालमा हरेक वर्ष ३८ हजारको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
आज विश्व धूमपानरहित दिवस, नेपालमा हरेक वर्ष ३८ हजारको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु

आज विश्व धूमपानरहित दिवस, नेपालमा हरेक वर्ष ३८ हजारको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In