• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारत-पाकिस्तान द्वन्द्वमा कसरी छिर्‍यो चीन ?

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
भारत-पाकिस्तान द्वन्द्वमा कसरी छिर्‍यो चीन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- भारत र पाकिस्तानबीच ४ दिन चलेको द्वन्द्व युद्धविराम टुंगिए पछि दुवै पक्षले आफू विजयी भएको दाबी गरिरहेका छन् । उनीहरू युद्धमा आफू नै विजयी भएको दाबी गरेपनि दुवै पक्षले भने चीनको चर्चा गर्न छााडेको छैन ।

भारतसँग युद्ध लड्न चीनले पाकिस्तानलाई सघाएको चर्चा छ भने भारतले चीनको कटु आलोचनाा गरिरहेको छ । भारत र पाकिस्तानको युद्धमा चीन कहाँबाट प्रवेश गरेको त्यसको रोचक कथा छ । अहिले प्रतिरक्षा सामग्री उत्पादन गर्ने चिनीयाँ उद्योग पनि यो द्वन्द्वमा असामान्य विजेताका रूपमा देखा परेको छ ।

भारत शासित कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको २६ जनाको निर्मम हत्याको प्रतिक्रिया भन्दै ७ मेमा भारतले पाकिस्तानभित्रका आतंकवादी पूर्वाधारमा हमला सुरु गरेपछि दुई देशबीच ४ दिनसम युद्ध चलेको हो । रतले ‘अपरेशन सिन्दूर’का रूपमा आतंकवादी हमलाको जवाफ दिएपछि दुवै पक्षबाट जबाफी सैन्य प्रहारहरू भएको थियो ।

त्यसमा ड्रोन, क्षेप्यास्त्र र लडाकु विमानहरू समावेश थिए । भारतले फ्रान्स र रुसमा निर्मित जेटहरू प्रयोग गरेको थियो भने पाकिस्तानले आफ्नो जे–१० र जे–१७ विमानहरू खटाएको थियो, जुन इस्लामाबादले बेइजिङसँगको सहकार्यमा उत्पादन गर्छ ।

दुवै पक्षले आफ्ना जेटहरू सीमा पार नगरेको र टाढाबाट एक अर्कामाथि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाको एक रिपोर्टले पाकिस्तानले सम्भवतः भारतीय लडाकु विमानहरू विरुद्ध आकाशबाट आकाशमै प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गर्न चीनमा निर्मित जे–१० विमान प्रयोग गरेको जनाएको छ ।

पाकिस्तानले चिनियाँ अस्त्र प्रणालीहरूमा अत्यधिक भर परेर जित हासिल भएको दाबी गरेको देखिएपछि केही विज्ञहरूले त्यसलाई बेइजिङको रक्षा उद्योगको लागि उत्साहजनक अवस्थाका रूपमा हेरेका छन् ।

अन्य कतिपय भने उक्त दाबीसँग असहमत छन् । कतिपय विज्ञहरू यसलाई चिनियाँ हतियार उद्योगको लागि यो एआईमा

आधारित चिनियाँ च्याटबोट डीपसीकले उक्त क्षेत्रमा हलचल ल्याइदिएजस्तै ‘डीपसीक मुमेन्ट’ भनेका छन् ।

‘यो लडाईँ चिनियाँ अस्त्र उद्योगको लागि एउटा ठूलो विज्ञापन थियो । अहिलेसम्म चीनले लडाइँमा आफ्ना प्रणालीहरू परीक्षण गर्ने कुनै अवसर पाएको थिएन,’ चिनियाँ जनमुक्ति सेनाका सेवा निवृत्त वरिष्ठ कर्णेल झाउ बोले भन्छन् ।

बेइजिङस्थित ती विश्लेषकले हवाई द्वन्द्वको नतिजाले चीनसँग रहेका केही प्रणालीहरू अन्यजस्तै वा त्योभन्दा राम्रो भनेर देखाएको बताउँछन् ।

भारत–पाकिस्तान द्वन्द्वमा आफ्ना लडाकु विमानको प्रदर्शनका खबरपछि गत साता जे–१० जस्ता लडाकु विमान निर्माण गर्ने चिनियाँ एभिक छेन्दु एयरक्राफ्ट कम्पनीको शेयर ४० प्रतिशत सम्मले बढेको थियो ।

बेइजिङले समेत जे–१० ले राफेलसहित भारतीय लडाकु विमानहरू खसालेको भन्ने विवरणमा कुनै टिप्पणी गरेको छैन तर जे–१० ले पश्चिमा अस्त्र प्रणाली खसालेको अपुष्ट विवरणहरूले चिनियाँ सामाजिक सञ्जालमा खुसीयाली र विजय भाव मच्चिएको देखाउँछ ।

चीनका लागि पाकिस्तान एक रणनीतिक र आर्थिक साझेदार हो । बेइजिङले आफ्नो चीन–पाकिस्तान आर्थिक करिडोरको हिस्साको रूपमा पाकिस्तानमा पूर्वाधार निर्माण गर्न ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिरहेको छ ।

पाकिस्तानी सुरक्षा विशेषज्ञ इम्तियाज गुल भर्खरको भारत–पाकिस्तान द्वन्द्वमा चीनका कारण महत्तवपूर्ण अन्तर उत्पन्न भएको ठान्छन् । ‘त्यो देखेर भारतीय योजनाकारहरू तीनछक्क परे । सम्भवतः उनीहरूले आधुनिक युद्धमा पाकिस्तान र चीनबीच कति गहिरो सहकार्य छ भन्ने बुझेका थिएनन्,’उनी भन्छन् ।

विज्ञहरूका अनुसार यो महिना भएको लडाइँमा चिनियाँ जेटहरूको क्षमता कस्तो देखियो भन्ने कुरामा पश्चिमा देशहरूले उत्सुकतापूर्वक विश्लेषण गरेका छन् । किनभने अन्तर्राष्ट्रिय अस्त्र व्यापारमा त्यसको व्यापक प्रभाव पर्न सक्छ । अस्त्र निर्यात गर्ने देशमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अग्र स्थानमा छ भने चीन चौथो स्थानमा छ ।

चीनले प्रायःजसो म्यान्मार र पाकिस्तानजस्ता विकासोन्मुख देशहरूलाई अस्त्र बेच्छ । पहिला चिनियाँ अस्त्रशस्त्रहरू कम गुणस्तरका हुने र तिनमा प्राविधिक समस्या हुने भनेर आलोचना हुने गथ्र्यो ।

विवरणहरूका अनुसार सन् २०२२ मा बर्मेली सेनाले प्राविधिक समस्या देखा परेको भन्दै आफ्ना कैयौँ जेएफ–१७ लडाकु विमान प्रयोग गर्न छोड्यो। ती जेटहरू चीन र पाकिस्तानले संयुक्त रूपमा बनाएका थिए ।

नाइजिरियाको सेनाले पनि चीनमा बनेका एफ–७ लडाकु विमानमा कैयौँ प्राविधिक गडबडी देखा परेको जनाएको थियो ।

पाकिस्तानी सेनासँग चीनबाट ल्याइएको एचक्यू ९ हवाई प्रतिरक्षा प्रणाली भए पनि भारतीय जेटहरूले कैयौँ क्षेप्यास्त्र, गोलीगट्ठा र ड्रोन प्रहार गरेको थियो ।

भर्खरै उत्पन्न भएर सेलाएको भारत–पाकिस्तान द्वन्द्वबारे बेइजिङले टिप्पणी नगर्ला तर ऊ चिनीयाँ उत्पादनका अस्त्रशस्त्र पश्चिमा देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न तयार भएको देखाउन चाहन्छ ।

चीनले पाकिस्तानलाई आपूर्ति गरेका जेटहरू केही पुराना मोडलका हुन् भन्ने कुरा भारतलाई थाहा छ । बेइजिङले अझ उन्नत र रेडारलाई छल्न सक्षम जे–२० फाइटर जेट प्रयोग गर्न थालिसकेको छ ।

Previous Post

गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास

Next Post

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In