• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विचारः सगरमाथाको सुन्दरता र सुरक्षा

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ जेठ (रासस): यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र वर्तमानको समीक्षा गरिरहेका छौँ र भविष्यका बारेमा पनि छलफल गरिराखेका छौँ । यस क्षेत्रको भविष्य कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउन सक्छौँ, त्यसमा छलफल गरिरहेका छौँ ।

अहिले सगरमाथा क्षेत्रमा फोहरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानका रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही नीति नियम बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहर त्यहाँ गर्न पाउँदैन र जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट बुझाउन ल्याउनुपर्छ बेसक्याम्पमा । यस प्रकारका नियम नराख्ने हो भने अर्को आरोही त्यही फोहर मात्रै सफा गर्नका लागि जानुपर्ने हुन्छ । एक जनाले फ्याँकेको फोहर सफा गर्ने अर्को दुई जना चाहिन्छ । त्यसो भएर फोहर सफाइको पनि बन्दोबस्त गर्ने हो कि ?

अहिले हामी ऐन र नियमको पनि संशोधन गर्दैछौँ । यसमा विभिन्न पक्षहरुका बारेमा छलफल गर्नेछौँ । त्यहाँ भइरहेको क्राउडका बारेमा, अघि भिडियोमा पनि हेर्‍यौँ, कति क्राउड देखिन्छ भन्ने कुरा । सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेञ्जिङ नोर्गे रहिलारी चढेको छैन । अहिले थुप्रै मानिसहरु चडेर बाटो बनाइसकेको छ, डोरी टाँगिसकेको छ । यस्ता थुप्रै कुराहरु भइसकेका छन्, त्यसकारण सजिलो भइसकेको छ । पहिलेजस्तो गाह्रो होइन । पहिले धेरै गाह्रो थियो । अहिले जो पनि चढुँला जस्तो र धेरै अभ्यास नै नगरिकन एकैचोटी सगरमाथा जाउला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदैछ, माथि पुर्‍याइदिहाल्छ भन्ने मान्छे ढुुक्क छ । त्यो पनि एउटा हो । सोलु, सगरमाथा र शेर्पा तीन वटासँग गज्जब छ नि । सोलुमा सगरमाथा छ, सगरमाथा हिमाललाई शेर्पाले चिनेको छ, चढाइदिहाल्छन् भन्ने, जो पनि जान खोज्छन् । त्यति हल्का पनि अलिकति बनाउन भएन जस्तो लाग्छ ।
द एमेन्डमेन्ट अफ ल इज रजिष्ट्रर्ड इन द नेशनल एसेम्बली अर अपर हाउस अफ द पार्लियामेन्ट । एण्ड र द रुल इज गोइङ द एमेन्डमेन्ट । इट इज अलरेडी इन द क्याबिनेट । सो, वी आर डिस्कसिङ एबाउट द एमेन्डमेन्ट अफ दिस् रुल्स एण्ड रेगुलेशन । हाउ वी क्यान इम्प्रुभ द सिचुएशन इन सगरमाथा, इन माउण्ट एभरेष्ट । हाउ वी क्यान मेक सगरमाथा क्लिनर एण्ड इजियर एण्ड भेरी सेफ टु… ।

त्यसो भएर, केही गर्नुपर्ने कुराहरु छ भने नेपाल पर्वतारोहण सङ्घ छँदैछ, पर्यटन बोर्ड छँदैछ । त्यसकारण यी संस्थाहरुमार्फत सरकारलाई ठोस रुपमा सुझाव दिने उपयुक्त बेला भएको छ । किनभने ऐन र नियम संशोधन हुनका लागि प्रस्तावित भएका छन् । सरकारलाई यसमा धेरै केही लिनुदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ । अर्को कुनै स्वार्थ छैन । त्यसकारण राम्रो गर्नका लागि म यहाँहरुसँग सुझावहरु आमन्त्रण गर्न चाहन्छु र सुझावहरु दिनुस् । हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौं ।

आरोहीहरुका अनुभवहरु पनि हामीले सुन्यौँ, सहभागीहरुका छलफल पनि सुन्यौँ, नेतृत्वका अभिव्यक्ति पनि हामीले सुन्यौँ र भिडियो पनि हेर्‍यौँ । सगरमाथाको अवस्था सुन्यौँ, अनुुभव पनि सुन्यौँ । अवस्था भिडियोमा हेर्‍यौँ । त्यसकारण हामीले केही त गर्न पर्छ । तसर्थ, हामी यसका निम्ति सबैका प्रयासहरुलाई एक ठाउँमा ल्याउ भन्ने मेरो आग्रह छ ।

मलाई खुुसी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर उहाँलाई सम्मान गर्ने मौका पाएको थिएँ । आइ मेट हिम, आइ फर्गेट द डेट बट आइ मेट हिम एण्ड अवार्डेड हिम फर हिज भेरी हिस्टोरीकल वर्क, मिस्टर मौरिस हर्जोग एण्ड हिज वाइफ ।

फ्रेन्च साथीहरुमा पनि अरुतिर जस्तै हिमाल चढेका साथीहरु र हिमाल आएका, देखेका साथीहरुमा नेपालप्रतिको ज्यादै गहिरो भावना छ । जो पहिलो सगरमाथा आरोही हुनुहुन्थ्यो, जसले अलिक पछि नै चढ्नुु भयो, १९७८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । फस्ट फ्रेञ्च सिटिजन हु क्लाइम्ब द माउण्ट एभरेष्ट अर सगरमाथा वाज पिरमाजो, आइ गट अपरच्युनिटी टु मिट हिम एण्ड एक्सचेञ्ज ओपिनियन विथ हिम । द्याट वाज गुट अपरच्युनिटी फर मि ।

मैले अरु साथीहरुलाई पनि भेट्ने मौका पाएको छु । क्लाइमरहरुसँग, सफल क्लाइमरहरुसँग कामीरितादेखि लिएर अरु थुप्रै साथीहरुसँग मैले भेट्ने र सम्मान गर्ने मौका पाएको छुु । मलाई खुसी लागेको छ । सफलताका कथाहरु जोडिँदै जाउन् । प्रियप्रिय कुराहरु सुनिँदै जाउन् । अप्रिय कुराहरुको स्थिति नआओस् भन्ने कुरा हामी सोच्छौँ र सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ । यो आगामी दिनमा अझ धेरै वर्षहरु बढ्दै जानेछन्, सफलताहरु बढ्दै जानेछन् । अवस्था, वातावरण र परिस्थितिलाई पनि हामीले अनुकूल त्यसैगरी बनाउँदै जानुपर्नेछ । यस काममा हामी सबैको साथ सहयोग आवश्यक छ । नेपाल सरकार यसप्रति कदम चाल्नका लागि प्रतिबद्ध छ । म यहाँहरु सबैलाई फेरि एकपटक धन्यवाद भन्न चाहन्छु, जो सम्मानित हुनुभएको छ, उहाँहरुलाई बधाई र शुुभकामना भन्न चाहन्छु र जो सम्मानित हुनुुभएको छैन, उहाँहरु धेरैलाई एकैचोटी सम्मान गर्न नसकिने भएको हुनाले, कोही ३० पटक चढिसकँे, ३१ पटक चढ्नेलाई त सम्मान गर्न गाह्रो भयो नि । त्यसो भएर सम्मान गर्नुपर्ने ३० पटक चढ्नेलाई होइन र ? १० पटक चढ्ने होइन र ? ५ पटक चढ्ने होइन र ? ३ पटक चढ्ने होइन र ? अवश्य हो नि । अब ३१ पटक चढेपछि अरु तलकाले सम्मान पाउने त अलिक गाह्रो भयो, कठीन कुरा हुने भयो । त्यसो भएर अलिकति थोरै साथीहरुले मात्रै सम्मान पाउनुुभएको हुनसक्छ भन्ने मलाई लाग्छ । थुप्रै साथीहरुले सम्मानयोग्य काम गर्नुभएको छ । धेरै नयाँ नयाँ कीर्तिमानहरु कायम गर्नुभएको छ । एउटा चेलीले एकै सिजनमा आउँदै जाँदै गरेर तीन पटक सगरमाथा केही समयभित्र सफलतापूर्वक आरोहण गर्नुभएको छ । त्यस्ता कीर्तिमानहरु छन् । छोटो समयमा सगरमाथा आरोहण गर्नुभएको छ । बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभएको छ, त्यो दुनियाँका निम्ति आश्चर्यका कुरा हुन् । तर हामी केही केही कुराहरुमा होसियार पनि हुनुु पर्दछ । अहिले केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा मैले सुनेको छुु कि विभिन्न खालका कुराहरु डोपिङजस्तै केही औषधि खाएर चढ्यो । त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु । त्यस्तो हुँदैन, सगरमाथासँग पनि बेइमानी ? यो त भएन । त्यसो भएर त्यस्ता कुराहरु यदि भयो भने त्यसलाई रोक्नुपर्छ र हामीले त्यस्ता कुराहरुमा ख्याल पनि गर्नुपर्छ ।

समिटर समिटमा तपाईंहरुको यो उत्साहलाई, थकाइ नलागिकन अन्टायर्ड जस्तो निरन्तरको प्रयास र सहभागितलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सबैमा शुभ रहोस् । यो सफल भएको छ । सफलताको कीर्तिमानलाई अगाडि बढाउनुपर्छ । यसलाई अझ बढी अन्तरराष्ट्रियकरण पनि गर्दै जानुुपर्छ र यसमा आकर्षण पनि बढोस् तर भिडन्तमा पनि नजाओस् । सगरमाथालाई धेरै सस्तो चिज बनाउनभन्दा अलिकति त्यसको वेट राख्ने तरिका पनि अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ । (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठ, २०८२ मा ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्यमा आधारित स्वकीय सचिवालयबाट तयार गरिएको पूर्णपाठ)

Previous Post

डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा

Next Post

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
Load More
Next Post
लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In