• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ। एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा स्थानीय समयअनुसार सोमबार बेलुकी ठीक ८ बजे सुरु भएको कन्सर्टमा ब्यान्डले लगातार दुई घण्टासम्म श्रोता-दर्शकलाई नचाएको थियो।

‘नेपालको परम्परागत आवाजलाई नेपथ्यले आधुनिक ‍धुनहरूमा परिणत गरेर यहाँसम्म ल्याइपुर्‍याउनु हामीजस्ता श्रोताका लागि आफैँमा मिठो कोसेली हो,’ कन्सर्ट हेर्न सान डिएगो सहरदेखि आएका अजय मल्लले प्रतिक्रिया दिए, ‘क्यालिफोर्नियाको मुटुमा व्यावसायिक परिपक्वतासहित यस स्तरको उपस्थिति जनाउने नेपाली ब्यान्डको प्रयास यहाँका नेपालीकै निम्ति गौरवको विषय हो।’

नेपथ्यले अमेरिकाको यात्रा गर्दा वैभवशाली राज्य क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन। गत वर्ष मात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा ब्यान्ड प्रस्तुत भएको थियो। तर विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसंख्याका हिसाबले क्यालिफोर्नियाकै ठूलो सहर लस एन्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो। यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो।

यस व्यस्त सहरमा विगतका नेपाली कार्यक्रम त्यति फलदायी नभएकाले खासै मानिस नआउलान् कि भन्ने भयले प्रारम्भमा टुर प्रबर्द्धक निश्चल बज्राचार्य नेपथ्य नल्याउने विचार गर्दै थिए। ‘त्यसो गरेको भए गलत हुने रहेछ,’ कन्सर्टमा दर्शकको उपस्थिति र उनीहरूको उत्साह देखेपछि उनी भनिरहेका थिए, ‘आफू मात्र नभई दोस्रो पुस्ताका सदस्यहरूलाई पनि साथमा लिएर आउने अभिभावकको यहाँ उपस्थित ठूलो संख्याले मलाई प्रभावित पार्‍यो ।’

हलको ढोका खुल्नासाथ अर्थात् शो सुरु हुनुभन्दा एक घण्टा अगावैदेखि बाहिर र भित्र दुवैतिर दर्शकको उपस्थितिले रोचक माहोल तयार गरिसकेको थियो । कन्सर्ट सुरु भइसकेपछि भने त्यो ऊर्जा झनै व्यापक बन्यो।

‘हलभित्र ननाच्ने मानिस भेट्न मुस्किल पर्थ्यो,’ शो हेर्नकै निम्ति निकै पर एरिजोना राज्यको फिनिक्सदेखि आएका मिलन श्रेष्ठ भनिरहेका थिए, ‘यसमा बज्दै गरेको संगीत मात्र नभएर फरक-फरक पुस्तालाई बाँध्दै आएको नेपथ्यको लामो इतिहास, नेपाल र नेपालीप्रतिको माया अनि मञ्चबाटै विगतदेखि आगतसम्म बाँध्न सक्ने केवल अमृत गुरुङमा अटाएको क्षमताले पनि उत्तिकै साथ दिएको थियो।’

सदाझैँ लस एन्जलसमा पनि गायक अमृत गुरुङले गीतहरू मात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसङ्ग सुनाए अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गरे। कन्सर्टमा दर्शक पनि अत्यन्तै फरक उमेर समूह र पृष्ठभूमिका देखिन्थे। तिनैमध्येका एक थिए संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम।

‘क्यालिफोर्नियामा नेपथ्यको कन्सर्ट हेर्नुका साथै यसका प्रेरक अगुवा अमृत गुरुङ अनि उनको प्रतिभाशाली समूहसँग भेट गर्नु आज रातिको उत्साहजनक अनुभव रह्यो,’ गौतमले कन्सर्टबाट फर्किएपछि आफ्नो एक्स (ट्विटर) मा उल्लेख गरेका छन्, ‘उनीहरूको प्रस्तुतिमा सधैँ जस्तै प्रवासी नेपालीमाझ देशप्रेम जगाउने, उत्साह अभिवृद्धि गर्ने र शान्ति अनि सद्‍भावनाको विश्वव्यापी आवाजलाई बुलन्द पार्ने अवयव भरिएको पाएँ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेकी पौडी खेलाडी सोफिया शाह पनि कन्सर्टमा उपस्थित थिइन् । ‘एकातिर ब्यान्डको प्रस्तुति आफैँमा गजब थियो भने अर्कातिर जताततै रमाएका नेपाली देख्दा मलाई आफन्तहरूकै भीडमा पुगेको अनुभव भयो,’ स्विमर सोफियाले प्रतिक्रिया दिइन्, ‘त्यसमाथि गाइरहेको बेला ती गीत संकलन गरिएका गाउँघर अनि मानिसको भिडियो देख्दा आफू स्वयं पनि नेपालैमा छु जस्तो लागिरह्यो।’

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट भएको थियो भने नेपथ्यका सर्वकालिक लोकरकसँगै अन्तिममा नेपाली झण्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो। कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाइएको थियो।
मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
‘यो कन्सर्टसँग आबद्ध हुनु मेरा निम्ति गौरवको विषय बन्न पुगेको छ,’ कार्यक्रम सकिएपछि उत्साहित दर्शकको भीडमाझ आयोजक टोलीका विश्व सुवेदीले प्रतिक्रिया दिए, ‘लस एन्जलसमा नेपथ्यलाई उपस्थित गराएकामा सबैले मलाई धन्यवाद दिइरहेका छन्।’

यसपाला नेपथ्यको महिनादिन लामो अमेरिका यात्राका लागि तय सात सहरको प्रस्तुतिमध्ये यो तेस्रो शो हो। ब्यान्डले टेक्सासको अस्टिन र वासिङ्टनको सियाटलमा कन्सर्ट गरिसकेको छ। ब्यान्ड अब पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ। त्यहाँको पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ। गत वर्ष ब्यान्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो। ब्यान्ड मे ३१ मा पिट्सबर्गस्थित ‘रक्सियन थिएटर’ मा प्रस्तुत हुनेछ।

त्यसपछि ब्यान्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ। जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यस सहरस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ। त्यसपछि जुन ११ मा नेपथ्य बोस्टन सहरको ‘रोयल बोस्टन’ हलमा उभिनेछ। यस वर्षको कार्यतालिकाअनुसार यात्राको अन्तिम प्रस्तुति भने नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा तोकिएको छ। त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षका निम्ति ब्यान्डले अमेरिकाबाट बिदा लिनेछ।

व्यवस्थापन, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ। यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन् । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ।

Previous Post

विचारः सगरमाथाको सुन्दरता र सुरक्षा

Next Post

राससको तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रेरित ग-योः भारतीय राजदूत

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
Load More
Next Post
राससको तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रेरित ग-योः भारतीय राजदूत

राससको तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रेरित ग-योः भारतीय राजदूत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In