पत्नीले पतिलाई दुईवटा १० रुपैयाँको नोट दिएर भनी– १० रुपैयाँको एक किलो आलु र अर्काे १० रुपैयाँको एककिलो बन्दा लिएर आउनु ।
पति महोदय तरकारी लिन घरबाट निस्कियो तर अलि पर पुगेर ऊ फेरि फर्कियो अनि पत्नीलाई सोध्यो— कुन १० रुपैयाँको आलु र कुन १० रुपैयाँको बन्दा ल्याउने ?
कोठीको सिँढी चढ्दै
छोरा एक बेश्यालयको कोठीको सिँढी चढ्दै थियो । त्यसै वेला बाबु पनि त्यही सिँढीबाट तल झर्दै िथयो । दुवै बाबुछोराको सिँढीमा भेट भयो ।
छोराः छक्क पर्दै, बुवा, तपाईं यहाँ ?
बुवाः अब २ सय रुपैयाँ बचाउनका लाग म तेरी आमासँग के बहस गरिरहुँ । ल राख यो ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













