• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। पश्चिम नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिको काममा भइरहेको ढिलाइले चितवनका होटल व्यवसाय धरासायी बनेको छ।

तोकिएको समयसीमाभित्र काम पूरा नहुँदा बुटवल–नारायणघाट सडकखण्ड आसपासका होटलसहित देशको प्रमुख पर्यटकीय गन्तव्य सौराहाका होटल व्यवसायी समेत प्रभावित भएका छन्।

प्रभावित होटल व्यवसायीहरूले सो सडकखण्ड प्रयोग गरी यात्रा गर्ने आमसर्वसाधारणसहित नेपालको पर्यटन उद्योगमा प्रमुख हिस्सा ओगट्ने भारतीय पर्यटकसमेत चितवनका पर्यटकीयस्थलहरूको भ्रमण गर्नबाट वञ्चित हुन पुगेकाले त्यसको प्रत्यक्ष असर सौराहाका होटल व्यवसायीमा परेको बताएका छन्। उनीहरूले जारी सडक स्तरोन्नतिको काम यथाशक्य छिटो सम्पन्न गर्न नेपाल सरकारसहित सम्बद्ध निर्माण व्यवसायीसँग अनुरोध गरेका छन्।

व्यवसायीको गुनासो र सडकको अवस्था
क्षेत्रीय होटल सङ्घ चितवन (हान) ले पटकपटक म्याद थप्दा पनि सो बाटोको स्तरोन्नतिका काम पूरा गर्न सम्बद्ध निर्माण व्यवसायीले तदारुकता नदेखाएको गुनासो व्यक्त गरेको छ। सङ्घले प्राथमिकताका साथ निर्माण कार्य पूरा गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ। नेपाल सरकारको तर्फबाट पनि सो सडकखण्ड प्रयोग गर्ने हजारौँ जनताले व्यहोर्नुपरेको पीडा, दुःख, कष्टलाई आत्मसात् गरी स्तरोन्नतिको काम जतिसक्दो छिटो पूरा गर्न पटकपटक ताकेता गर्दै आए पनि अपेक्षा गरिएअनुसार काम नभएको अवस्था छ।

उक्त सडकखण्ड स्तरोन्नतिका कारण घण्टौँसम्म सडकमा लाइनमा बस्नुपर्ने भएपछि अधिकांश सवारीसाधन असजिलै भए पनि सिद्धार्थ राजमार्ग प्रयोग गरी पोखरा जानेक्रम बढेसँगै पछिल्ला दिनमा चितवनको होटल व्यवसायसहित समग्र आर्थिक गतिविधि प्रभावित भएको छ। पर्यटनविज्ञ डा. विश्व सुवेदीले बुटवल–नारायणघाट सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

क्षेत्रीय होटल सङ्घ चितवनका अनुसार निश्चित ‘प्याकेज’सहित सुनौली, रुपेडियालगायतका पश्चिम नाका हुँदै नेपाल भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सबैभन्दा पहिला भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दछन्। भरतपुर महानगरपालिकाका सल्लाहकारको भूमिकामा रहेका डा. सुवेदीले भ्रमणका क्रममा खर्च गर्नसक्ने आर्थिक हैसियत भएका भारतीय पर्यटकहरू यसरी बुटवल–पाल्पा–स्याङ्जा हुँदै पोखरा जान थालेपछि अप्ठ्यारोमा परेका चितवनसहित आसपासका होटल व्यवसायीको न्यायोचित गुनासोसहितको माग सम्बोधन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।

पोखराबाट पर्यटन व्यवसाय सुरु गरी हाल ‘हान’का अध्यक्ष रहनुभएका ओम पाण्डेले पर्यटकीय नगरी पोखराको घुमघाम पूरा गरी मुक्तिनाथको दर्शन गरेपछि पुनः पोखरा आई पृथ्वी राजमार्गहुँदै काठमाडौँ जान थालेपछि चितवनको पर्यटन व्यवसाय हाल सङ्कटमा परेको स्पष्ट पारेका छन्। उनले बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिलाई यथासक्य छिटो पूर्णता दिन अनुरोध गरेका छन्। उनका अनुसार ‘टुर प्याकेज’अन्तर्गत काठमाडौँ आउनेक्रममा भारतीय पर्यटकहरू केवलकार चढी गोरखास्थित प्रसिद्ध मनकामना माईको पनि दर्शन गर्दछन्।

अन्य समस्या र समाधानका उपाय
काठमाडौँबाट भरतपुर आउने–जाने जहाज भाडा तुलनात्मक रूपमा महँगो भएको, गत साल आएको अत्यधिक वर्षाका कारण पृथ्वी राजमार्गसहित चितवन जोड्ने अधिकांश सडकमार्ग बिग्रे–भत्केको, कर्जा भुक्तानी, नवीकरण तथा थप कर्जा लिनका लागि तोकिएबमोजिमको व्यावसायिक कारोबार गरेको हुनुपर्ने बैंकिङ नीतिका कारण अपेक्षा गरेभन्दा धेरै सस्तोमा केही होटलले पर्यटक राख्ने गरेको, बन्द–हड्ताल र आन्दोलनजस्ता व्यवसाय विरोधी गतिविधिले गर्दा पर्यटकहरू चितवनस्थित पर्यटकीय क्षेत्र घुम्नबाट वञ्चित हुनुपर्दाको असर सौराहाको व्यवसायमा परेको युवा होटल तथा पर्यटन व्यवसायी रमेश सिलवाल बताउँछन्।

पर्यटन व्यवसायी सिलवालका अनुसार पश्चिम नेपालको विभिन्न सिमानाबाट नेपाल प्रवेश गर्ने अधिकांश भारतीय पर्यटक नेपालका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको घुमघाम र दर्शन गरी काठमाडौँको यात्रा तय गर्दछन्। काठमाडौँको पशुपतिनाथ, गुह्येश्वरी, बौद्ध, बूढानीलकण्ठ, साँगास्थित महादेवको मन्दिर दर्शन गरी ‘साइट सिन’मा रमाउँदै उनीहरू बसन्तपुर क्षेत्रसहित ‘चाइना टाउन’मा किनमेल गर्न रुचाउँछन्। यसरी काठमाडौँको घुमघामपछि अपवादबाहेक अधिकांश भारतीय पर्यटक स्तरोन्नतिका क्रममा रहेको नारायणघाट–बुटवल सडकखण्ड भएर फर्कनुको सट्टा यसअघि जस्तै पोखरा–बुटवलकै सडकबाटो प्रयोग गरी जान थालेपछि यस क्षेत्रमा ठूलो लगानी गरेका विशेषगरी सौराहाका होटल व्यवसायी बैंकको ब्याज तिर्न नसकेर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको पर्यटन युवा व्यवसायी सिलवालको भनाइ छ।

सौराहाको होटल व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका रेष्टुराँ एण्ड बार एसोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाले बुटवल–नारायणघाट सडकखण्डको बाटो स्तरोन्नतिले पूर्णता नपाउने, भारतीय पर्यटक बोक्ने सवारी साधनबाट अनधिकृत रूपमा रकम असुल्ने प्रवृत्ति न्यूनीकरण तथा नियन्त्रण नहुने, विभिन्न बहानामा गरिने विरोध, आन्दोलन, जुलुस, धर्नाजस्ता व्यवसाय विरोधी गतिविधिले प्रश्रय पाइराख्ने, होटलमा ‘एसी’ र पङ्खा चल्ने क्षमतासहितको विद्युत् आपूर्ति व्यवस्था सुनिश्चित नहुने तथा जङ्गल सफारीका क्रममा चितवनको पहिचानको रूपमा स्थापित हात्तीको पालनपोषण तथा व्यवस्थापनमा उचित ध्यान नदिने हो भने सौराहासहित चितवनको पर्यटन व्यवसाय धरासायी हुने टिप्पणी गरेका छन्।

हाल बागमारा, चित्रसेन, कुचकुचे, जनकौली र कुमरोज सामुदायिक वनमा निजी क्षेत्रका ४४ वटा हात्तीसहित जीप सफारीको व्यवस्था रहेको जानकारी दिँदै युनाइटेड हात्ती सहकारी संस्था सौराहाका अध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी खतिवडाले भने, “मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सौराहा घुम्न आउने पर्यटकको रुचि हात्तीमा चढी जङ्गल सफारी गर्नु नै हो। यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहेको ‘हात्ती’को खरिद–बिक्री, पालनपोषण र व्यवस्थापनमा अझैसम्म स्पष्ट नीति नहुनु दुःखको विषय हो। एकातिर लगानी गरेअनुसार पछिल्ला दिनमा होटल व्यवसाय नचल्दा बैंकको ब्याजदर तिर्ने अवस्था छैन भने अर्काेतर्फ पर्यटन व्यवसाय विरोधी समूहको इसारामा ‘एनिमल राइट’ का नाममा अनेकथरी अफवाह फैलाइँदै छ। यस किसिमको असहज परिस्थिति र चुनौतीका बाबजुद हात्ती पालनपोषण गरी पर्यटन क्षेत्रलाई योगदान पुर्‍याइरहेका व्यवसायीको पक्षमा सरकारको ध्यान जान आवश्यक छ।”

सौराहास्थित पर्यटन व्यवसायीका अनुसार सडकमा खटिएका प्रहरीले सवारीसाधन इजाजत पत्र, लाइट, वाइफर र ब्रेकको अवस्था तथा यात्रु सङ्ख्यालगायत अनेकौँ झिनामसिना विषय उठाइ पैसा असुल्ने र दुःख दिने प्रवृत्ति अन्त्यका लागि भारतीय चालकहरूले सरकारसँग याचना गर्ने गरेका छन्। पछिल्ला दिनमा भारतीय सवारी चालकसँग पैसा मागी दुःख दिनेक्रममा कम हुँदै गएको र पूर्ण रूपमा रोकिनुपर्ने माग उनीहरूको छ।

युवा पर्यटन व्यवसायी सिलवालका अनुसार सौराहामा सबैभन्दा बढी पर्यटक दसैँ–तिहारको बीचमा आउने गरेको, विशेषगरी भारतमा अत्यधिक गर्मी हुने समय जेठदेखि असार महिनामा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति हुनेगरेको, सामान्यतया चिनियाँ नयाँ वर्षको समयमा भरिभराउ हुने सौराहामा कोरोना सङ्क्रमणपछि नगन्य सङ्ख्यामा चिनियाँ पर्यटक देखिने गरेको, खर्च गर्नसक्ने क्षमता भएका पश्चिमा देशका पर्यटक पनि फाट्टफुट्ट आउने गरेको, विभिन्न कार्यक्रमका नाममा सौराहा घुम्न आउने, एनजिओ/आइएनजिओकर्मी देखिन छोडेको, बारम्बार भइरहने सरकारी कार्यक्रममा पनि कमी आएको विषम अवस्थामा राजधानी काठमाडौँसहित देशका विभिन्न सहरका निजी विद्यालयका कार्यतालिकाअनुसार शैक्षिक भ्रमणमा आउने विद्यार्थी, उपभोक्ता तथा सहकारीसम्बद्ध सङ्घसंस्थाका सदस्य र पारिवारिक भ्रमणका क्रममा आउने नेपालीका भरमा जेनतेन सौराहाको पर्यटन व्यवसाय चलेको छ।

देशको करिब बीच भागमा अवस्थित पर्यटकीय केन्द्र सौराहामा यतिखेर साना ठूला गरी १४५ वटा होटलमा ३ हजार ५ सय कोठा रहेको, पूर्वाधार र सुविधाका हिसाबले आकर्षक तथा स्थापित २० वटा होटलले रु ५० करोडका दरले लगानी गरेको, २ हजारभन्दा बढी नेपालीले रोजगारी पाएको जानकारी दिँदै क्षेत्रीय होटल सङ्घ, सौराहाले विशेषगरी गर्मीको समयमा केही वर्षदेखि विद्युत् आपूर्तिका क्रममा ‘हाफ लाइन’ प्रवाह भइ होटलका ‘एसी’ र ‘पङ्खा’समेत नचल्दा पर्यटकबाट सुन्नै नसकिने किसिमको खप्की खानुपरेकाले निर्वाध रूपमा विद्युत सञ्चालन व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ।

विशेष गरी मुम्बई, कोलकातालगायत सहरी क्षेत्रका खर्च गर्ने हैसियत भएका भारतीय पर्यटक सौराहा आउने गरेको जानकारी दिँदै पर्यटन व्यवसायी सिलवालले भने, “अहिले पनि सौराहामा रहेको ८–१० वटा भारतीय पर्यटक लक्षित होटल भरिभराउ हुने गरेका छन् तर त्यस्ता होटलले प्रति कोठाको शेवा शुल्क बढीमा दुई हजार ५०० सम्म लिई होटलले लिने दररेट बिगारेका छन्। यसरी सस्तोमा कोठा दिनुपर्ने उनीहरूको केही बाध्यता होला, यसले अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना गर्दछ। अन्ततः समग्र होटल व्यवसाय ‘कोल्याप्स’ होला भन्ने डर पैदा भएको छ।”

पर्यटन व्यवसायीहरूले नारायणघाट–बुटवल सडकखण्डको स्तरोन्नतिको काम लम्बिँदै जाने, पृथ्वी राजमार्गको यात्रा पनि भरपर्दो नहुने, भरतपुरसम्मको हवाई भाडादर नघट्ने, ऋणमा डुबेका व्यवसायीलाई लक्षित गरी बैंकको ब्याजदरमा सहुलियत नदिने, होटल–व्यवसायमैत्री ऐन, कानुन नआउने हो भने सौराहासहित चितवन आसपासका अधिकांश होटल बन्द हुने परिस्थिति सिर्जना भएकाले पर्यटन व्यवसायीको उल्लिखित गुनासोसहितको माग सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन्।

Previous Post

सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

Next Post

आदिवासी जनजाति समुदायका परम्परागत ज्ञान र सीप संरक्षणमा कांग्रेस प्रतिबद्ध: सभापति देउवा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
आदिवासी जनजाति समुदायका परम्परागत ज्ञान र सीप संरक्षणमा कांग्रेस प्रतिबद्ध: सभापति देउवा

आदिवासी जनजाति समुदायका परम्परागत ज्ञान र सीप संरक्षणमा कांग्रेस प्रतिबद्ध: सभापति देउवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In