• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशुपन्छी प्रयोगशाला सञ्चालनमा, किसानलाई सहज सेवा

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशुपन्छी प्रयोगशाला सञ्चालनमा, किसानलाई सहज सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपालिकामा निर्माण भएको कृषि तथा पशुपंक्षी सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एंव उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपंक्षीमा लाग्ने रोगको परीक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ थियो ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ,कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षा छन्, केहीको सम्बोधन बजेटमार्फत हुनेछ ।’

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुने बताए । समयमै मल किसानको बारीमा पुर्याउनका लागि आफूले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दे प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले कार्य गरिरहेको वताए । धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । माटो लगायतको परिक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसवाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानले आफनै पालिकामा एकै छानामुनी विशिष्ठिकृत सेवा प्राप्त गर्न सक्ने बताए । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा गरे ।

कुल दुई करोड ४३ लाखको लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपंक्षीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ। रिडले मध्य पहाडी लोकमार्गलाई आधारमानी विभिन्न पालिकाहरुमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता कृषि तथा पशुपंक्षी सेवा केन्द्रहरुको निर्माण गरि हस्तान्तरण गर्ने कार्य गरेको छ ।

Previous Post

संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

Next Post

बागलुङको शक्तिपीठ मालिका मन्दिरले पायो नयाँ स्वरुप: एउटै चट्टान कुँदेर निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
बागलुङको शक्तिपीठ मालिका मन्दिरले पायो नयाँ स्वरुप: एउटै चट्टान कुँदेर निर्माण

बागलुङको शक्तिपीठ मालिका मन्दिरले पायो नयाँ स्वरुप: एउटै चट्टान कुँदेर निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In