काठमाडौँ । बलिउड अभिनेता तथा निर्माता अरबाज खान चाँडै नै बुबा बन्न लागेका छन् । भारतीय मिडियाहरुले उनकी पत्नी शुरा गर्भवती भएको उल्लेख गरेका छन् ।
पछिल्लो पटक अरबाज आफ्नी पत्नी शुरासँग आइतबार मुम्बईमा एक दिवाभोजमा बबी देओल श्रीमती तान्यासँग र आमिर खान छोरा आजाद र प्रेमिका गौरी स्प्राटसँग देखिएका थिए ।
अरबाज खान र मलाइका अरोराको प्रेम विवाह १२ डिसेम्बर १९९८ मा भएको थियो । १९ वर्षको वैवाहिक जीवनपछि २०१७ मा यो जोडीको सम्बन्ध विच्छेद भएक ओथियो । यसपछि, ५७ वर्षीय अरबाज खानले २४ डिसेम्बर २०२३ मा ३२ वर्षीया शुरा खानसँग विवाह गरेका थिए ।
शूरा बलिउडकी एक प्रसिद्ध मेकअप आर्टिस्ट हुन् र उनको भेट अरबाज खानसँग फिल्म पटना शुक्लाको सेटमा भएको थियो । लगभग एक वर्ष एकअर्कालाई डेट गरेपछि, अरबाज र शुराले परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा एक निजी समारोहमा विवाह गरेका थिए ।













