• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनावरले पनि एक अर्कालाई उपहार दिन्छन्

metakhabar by metakhabar
१२ जेष्ठ २०८२,
0
जनावरले पनि एक अर्कालाई उपहार दिन्छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – हामीलाई लाग्नसक्छ कि एकअर्कालाई उपहार दिने काम मानिसहरूले मात्रै गर्न सक्छन् । तर अरू कैयौँ जनावरहरूले पनि आफ्ना साथी र संगीहरूलाई उपहार दिने गरेको पाइन्छ ।

जस्तै, शंखेकिरा, गड्यौला र स्क्वीड भनिने समुद्री जलचरहरूमा पनि सहवासअघि वा विपरीत लिंगलाई फकाउन उपहार दिने अभ्यास देखिन्छ ।

चराहरूले पनि एक अर्कालाई उपहार दिन मजा मान्ने गरेको देखिन्छ । ठूलो खैरो भद्राईले पनि सहवासअघि पोथीलाई साना–साना किराहरू उपहार दिन्छ ।

यद्यपि यो प्रचलन सबैभन्दा धेरै किरा र माकुरा प्रजातिमा देखिन्छ । एक पखेटामा छ वटा रातो धब्बा हुने भाले झिँगाले आफ्नो शुक्राणुबाट सायनाइड नामको तत्त्व दिन्छन् ।

हाम्रै बगैँचामा पाइने माकुराहरूले आफूले गरेको सिकार आफ्ना सम्भावित जोडीलाई जालमा पोको पारेर दिन्छन् । उनीहरूले त्यसलाई थप आकर्षक बनाउन त्यसमा रसायनहरू पनि थप्छन् । यदि पोथी माकुराले त्यसलाई अस्वीकार गरे उनीहरूले उपहारलाई थप राम्रोसँग मोरेर दिन्छन् ।

कहिलेकाहीँ भाले माकुराहरूले कमजोर गुणस्तरको सिकार पोको पारेर पोथीलाई झुक्क्याउँछन् । कहिलेकाहीँ आधा खाइसकेको खानेकुरा पनि राखिदिन्छन् । पोथी माकुरा जालोमा पोको पारिएको उपहार खोल्न व्यस्त भएका बेला भाले माकुरा पोथीसँग संसर्ग गरेर उपहारबारे पोथीलाई थाहा हुनु अघि नै त्यहाँबाट भाग्छन् ।

एक अध्ययनका अनुसार बगैँचामा पाइने माकुराले दिने ७० प्रतिशत उपहारहरू नक्कली हुन्छन् ।

‘भालेहरूले झुक्क्याउने प्रयास गर्छन् । उनीहरूले पुरानो र काम नलाग्ने फट्याङ्ग्राको खुट्टा पोको पार्न सक्छन् वा त्यस्तै केही पोको पार्नसक्छन्,’ क्यानडास्थित युनिभर्सिटी अफ टोरोन्टोका आनीबानी सम्बन्धी विज्ञ ड्यारल ग्विन भन्छन् ।

यस्तै, अरू किराफट्याङ्ग्राले पनि उपहारमा छलछाम गर्ने गरेको पाइन्छ । ‘मेरो घर तल बर्खायाममा यस्तो दृश्य देखिन्छ। त्यहाँ भाले झिँगाहरूले खोलाबाट पानीमा पाइने किराहरू ल्याउँछन्,’ ग्विन भन्छन् ।

काम नलाग्ने उपहार दिएर भालेहरूले क्षणिक फाइदा लिए पनि पोथीले मोरिएको उपहार खोलेर धोका पाएको वास्तविकता थाहा पाएपछि त्यस्तो उपहार दिने भालेलाई अस्वीकार गर्छन् । यसको अर्थ भालेहरूले यौन सम्पर्कका लागि मात्रै उपहारको सहारा लिने गरेको देखिन्छ ।

पोथी किराहरूले जोडी मिल्ने कैयौँ भालेहरूसँग संसर्ग गरे पनि धोका दिने भालेको शुक्राणुबाट पोथीहरूको अण्डा विकास हुने सम्भावना कम हुन्छ ।

कतिपय किराहरू आफूले फकाउन चाहेका पोथीका लागि दिगो किसिमको उपहारदेखि आफ्नै ज्यान समेत दिन तयार हुन्छन् । एक प्रकारको फट्याङ्ग्राले यौन संसर्गका समयमा पोथीलाई आफ्नो पखेटामा टोक्न दिन्छ र उनीहरूको शरीरमा रगतको काम गर्ने हेमोलिम्फ चुस्न समेत दिन्छ । यस्तो ‘लभ बाइट’ पछि भालेहरू कमजोर हुन्छन् र अर्को जोडी भेट्ने सम्भावना निकै कम हुन्छ ।

डार्बिनको योग्यताको सिद्धान्तको दृष्टिबाट हेर्दा रातो ढाड भएका माकुराहरूमा संसर्गका लागि पोथी पाउनु निकै दुर्लभ अवसर हो । उसले उल्टो पल्टिएर पोथीलाई खानेकुरामा भुलाउँदा उसको संसर्गको अवधि लामो हुन्छ र पोथीको डिम्बाशयमा धेरै शुक्राणु पठाउन सफल हुन्छ । जसको परिणाम स्वरूप धेरै बच्चा जन्माउन पोथी सफल हुन्छन् ।

सन् २०२२ मा चीनको जियान्सु अकाडमी अफ एग्रीकल्चरल साइन्सेसका कीटविज्ञ चुफेइ ताङ र उनका सहकर्मीहरूले ९९० लाख वर्ष पुरानो एम्बरमा किरा उपहार दिने उदाहरण संरक्षित भएको भेट्टाएका थिए ।

ती सबै उदाहरणहरू भालेले पोथीसँग जोडी बाँध्नका लागि वा यौन संसर्गका लागि दिइएका उपहार थिए । यस्ता उपहारहरूमा पोषण पनि हुने भएका कारण पोथीले पनि यसबाट फाइदा पाउँछन् ।

यद्यपि जनावरहरूले अर्कालाई खुसी बनाउनका लागि मात्रै पनि उपहार दिने गर्छन् । उदाहरणका लागि डल्फिनले मानिसहरूलाई टुना र अक्टोपस जस्ता समुद्री जीवहरू उपहार दिएको देखिन्छ । विगतमा आफूलाई सहयोग गर्ने मानिसहरूलाई कागले पनि उपहार दिएका विवरण पाइन्छ ।

कागजस्तै गरी कैलो वनकागले पनि आफ्ना जोडीलाई उपहार दिएर आनन्द लिने गर्छन् । भाले कैलो वनकागहरूले आफ्नी पोथी जोडीलाई मनपर्ने खानेकुरा दिने प्रयास गर्ने र सकेसम्म हरेक पटक नयाँनयाँ खानेकुरा उपहारमा दिने गरेको क्लेटनको टोलीले पत्ता लागेको छ ।

निःस्वार्थ उपहार दिने प्रचलन ठूलो बाँदर प्रजातिको बोनबोहरूमा पनि हुन्छ । यो जनावरको ९९ प्रतिशत डीएनए मानव प्रजातिसँग मिल्छ । सन् २०१३ को एक अध्ययनले बोनबोहरूले कहिलेकाहीँ चिन्दै नचिनेका बोनबोहरूलाई पनि दान जसरी उपहार दिने गरेको पाइएको छ ।

उक्त अध्ययनका क्रममा बोनबोहरूले स्याउ र केरा जस्ता खानेकुरा आफ्नो समूहका सदस्य नरहेका अरू बोनबोहरूसँग पनि बाँडेर खाने गरेको पाइएको छ । कहिलेकाहीँ त उनीहरूले आफ्नै खानेकुरा समेत अरूलाई दिएर नयाँ बोनबोसँग चिनजान गर्ने गरेको पाइएको छ ।

त्यसकारण यो सबै कुराले एउटा प्रश्न जन्माउँछ । किन जनावरहरूले एक अर्कालाई उपहार दिन्छन् ? फरक–फरक प्रजातिका जनावरहरूमा यस्तो प्रचलन देखिनुको एउटा कारण भाले र पोथी दुवैको प्रजनन क्षमता बढाउनु पनि हुनसक्छ । किरा र माकुरा प्रजातिमा उपकारको कारण यौन निश्चय हो ।

Previous Post

तिनकुने घटना : दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडिओ खिच्ने दाहालविरुद्ध ६ वटा मुद्दा

Next Post

अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ भ्रमण गरी सांस्कृतिक संरक्षणमा अमेरिकाको प्रतिबद्धता दोहोर्याए

metakhabar

metakhabar

सम्बन्धित खबर

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित
समाचार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

१ चैत्र २०८२,
Load More
Next Post
अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ भ्रमण गरी सांस्कृतिक संरक्षणमा अमेरिकाको प्रतिबद्धता दोहोर्याए

अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ भ्रमण गरी सांस्कृतिक संरक्षणमा अमेरिकाको प्रतिबद्धता दोहोर्याए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In