• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिंहासनको भूत देख्दै पूर्वराजा -धर्मको खोलमा राजनीति, जनताको चेतनालाई चुनौती

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
सिंहासनको भूत देख्दै पूर्वराजा -धर्मको खोलमा राजनीति, जनताको चेतनालाई चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै पनि लागिरहेको छ—नेपाल दरबारकै इशारामा चल्नुपर्ने देश हो। जनताको बलिदान, संविधान र लोकतान्त्रिक मूल्यलाई बेवास्ता गर्दै उनी पुनः सिंहासनको पुरानो भूत बोकेर सक्रिय भइरहेका छन्। धर्मको खोल ओढेर उनी सत्ताको लोभ लुकाउन खोज्दै छन्, तर त्यो ‘धार्मिक भ्रमण’ अब धेरैका लागि सत्ता-प्राप्तिको सांकेतिक अभ्यास जस्तै देखिन थालिसकेको छ।

जेठ १५, गणतन्त्र दिवसको दिन—जब सारा देशले जनताको शासनको उत्सव मनाउँदै हुन्छ—त्यही दिनलाई छनोट गरी राजसंस्थाका समर्थकहरूले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। संयोग मात्र हैन, यो योजनाबद्ध राजनीति हो, जसमा पूर्वराजा स्वयं साङ्केतिक तरिकाले उत्रिएको देखिन्छ।

केही दिनअघि सोल्टी होटलमा आयोजित राजावादी भेलामा शाहले चिया–बिस्कुटको बहानामा रणनीति बनाउँदै राजसंस्थावादी नेताहरूसँग सामूहिक लञ्च मिटिङ गरे। त्यसपछि शनिबार सपरिवार नारायणहिटी दरबार पुगे—जहाँ चतुव्र्युह धाम नारायण मन्दिरमा पूजाआजा गरिएको भनिए पनि त्यो ‘धार्मिक कर्तव्य’ भन्दा धेरै ‘राजनीतिक सन्देश’ जस्तो लाग्यो।

यो केवल संयोग होइन कि शाहको सक्रियता बढेसँगै तिनकुनेमा राजावादीहरूको प्रदर्शन भड्कियो, जसमा दुःखद रूपमा दुई युवा मारिए। हिंसात्मक आन्दोलनपछि पनि नेतृत्व थप आक्रामक देखिएको छ—दुर्गा प्रसाईं प्रहरी हिरासतमा छन्, रविन्द्र मिश्र जमानतमा। तर यो सबैको पछाडि रहेको मौन उपस्थितिलाई बिर्सन सकिन्न—शाह स्वयं।

राजावादीहरूले गणतन्त्रकै दिनलाई आन्दोलनको लागि छान्नुको अर्थ के हो? के यो सिधै जनतामाथि खुला चुनौती होइन? के उनीहरूको उद्देश्य ‘राजा फर्काउने’ मात्रै हो, कि देशलाई पुनः अस्थिरता र अराजकता तर्फ लैजाने?

ज्ञानेन्द्र शाहको यो तथाकथित धार्मिक सक्रियता, वस्तुतः राजनीतिक मंच निर्माण गर्ने चाल हो—जो लोकतन्त्रका विरुद्ध एक सुनियोजित धक्का जस्तो देखिन्छ। अब समय आइसकेको छ—सार्वजनिक रूपमा प्रश्न उठाउने कि शाह र उनका समर्थकहरू देशलाई कुन दिशामा लैजान खोज्दै छन्?

नेपाल अब त्यो युगमा छैन जहाँ जनता शिर निहुराएर राजा हेर्थे। यो गणतन्त्रको युग हो—जहाँ जनता स्वयं राजा छन्। इतिहास फर्काउने प्रयास विफल हुनेछ, र जनताले पुनः प्रमाणित गर्नेछन्—नेपाल अब दरबार होइन, लोकतन्त्रले चलाउने देश हो।

Previous Post

कर्णाली, लुम्बिनी र गण्डकी उच्च जोखिममा: २० लाख नागरिक बाढीपहिरोको सिकार बन्न सक्ने प्रक्षेपण

Next Post

ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…

ट्राफिक प्रहरीको ‘लुकिछिपी चेकजाँच’ प्रणालीमाथि प्रश्न…

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In