• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

थारु वस्तीमा माघी र नयाँ वर्षको रमझम

by
१ माघ २०७९,
0
थारु वस्तीमा माघी र नयाँ वर्षको रमझम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघी अर्थात मकर संक्रान्ति। मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ। थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ।

१ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ। जसका लागि थारु समुदाय तयारीमा जुडेको छ। माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ।

काम विशेषले घर बाहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन्। धनगढी–३का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा विशेष रुपमा ‘जिता’ (बंगुर)को घरघरमा व्यवस्था हुने गर्दछ। ‘नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासका नदीमा सरसफाई गर्ने गरिन्छ,’ चौधरीले भने, ‘थारु समुदायले थारु संवत २६४५को भव्य विदाई गर्ने र २६४६को स्वागतका लागि गाउँटोललाई सजाउन थालेका छन्, अहिले गाउँघर रमाइलो लाग्न थालेको छ।’

नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने चलन छ। जसका लागि टोलटोलमा नयाँ गुरुवाको चियो चर्चा चल्न थालेको कैलारी गाउँपालिका–५ का स्थानीय चन्द्र चौधरीले बताएका छन्। ‘गाउँमा जम्मा भएका युवा आपसमा रमाइलो गर्ने गर्दछन्,’ उनले भने, ‘यो समुदायको मौलिक संस्कृति र भेषभूषाको आफ्नै विशेषता छ। जसमा हामीहरू रमाउने गर्दछौं।’

पर्वको तयारीका लागि खाद्यान्नहरूको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरू लगभग सकिएका छन्। ‘अब रमाइलो गर्ने मात्रै हो,’ चौधरीले भने, ‘तयारी सबै सकिएको छ, नयाँ वर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली मात्रै बाँड्न बाँकी हो, त्यो दिनको पर्खाइ हो, अब त।’ माघीमा विशेषगरी बंगुरको मासु, माछा, घोंगी, गङ्गेटालगायतका खानाको परिकारहरु खाने चलन चलिआएको छ।’

यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ(नयाँ लत्ताकपडाको पनि उचित जोहो गरेको उनले बताए। रोजगारीका लागि विदेशीएकाहरू पर्व मनाउन घर फर्किसकेका छन् भने कोही फर्कने क्रममा छन्।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँडरक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यवस्त हुने गर्छन्। थारू समुदायको मुख्य पर्व भएकाले तामझाँमका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए।

पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन्। पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन ९जीता० बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माघव चौधरीले बताए। ‘जिता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ। यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए। तर, अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन्।

‘माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ। चौधरीका अनुसार विशेष स्नानपछि विवाहित छोरी चेलीलाई ९निश्राउ० चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ। जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ।

थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन्। थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामुहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ।

यो प्रक्रिया माघ महिनाभर चन्ले भएपनि पछिल्लो समय भने एकरदुई दिनमा सीमित हुन थालेको छ। कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नुपर्ने बाध्यताका करण यो पर्व दुई चार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्रबहादुर चौधरीले बताए।

भलमन्सा, गुरुवा चुनिने
नयाँ बर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात २ माघमा गाउँगाउँमा माघी दिवानी ९विशेष छलफल० गरिन्छ। त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ। जसलाई भलमन्सा भनिन्छ। नयाँ वर्षपछि गाउँमा गुरुवाको पनि चयन गर्ने गरिन्छ। उनीहरूले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्ने गर्दछन्।

भल्मन्सालाई नेता ९गाउँको अगुवा०का रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ। यतिमात्र हैन राजनीतिमा पनि उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरूले दिने निर्णय बढी आधिकारिक हुने भएका कारण सवैले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन्।

Previous Post

विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

Next Post

जहाज दुर्घटनमा मृत्यु भएका मध्ये ३६ को शव निकालियो

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post

जहाज दुर्घटनमा मृत्यु भएका मध्ये ३६ को शव निकालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In