काठमाडौँ । सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।
जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.५ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विराट कोहलीले ४३ रन बनाएका थिए । सनराइजर्सका बलर पाट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।
सनराइजर्सका लागि इशान किशनले सर्बाधिक ९४ रन बनाएका थिए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए ।
प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौ स्थानमा रहेको छ । त्यस्तै यो हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ । बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ ।













