• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

metakhabar by metakhabar
१० जेष्ठ २०८२,
0
घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ९ जेठ  :  घाटु नाच लोप हुँदै गएपछि यहाँका मगर समुदाय घाटु नाच संरक्षणमा जुटेका छन् ।

पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताउनुभयो । घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरु जुटेको उहाँको भनाइ छ ।

विशेष गरी यहाँका निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ । हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ । विगतमा झै रौनक भने हराउँदै गएको निस्दी–७ ज्यामिरेका अशोक दिसुवाले बताउनुभयो । “हामी युवा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ, नयाँ पुस्ताको चासो कम छ”, उहाँले भन्नुभयो, “पुराना पुस्ता सकिँदै गए, अहिलेकालाई मोबाइलबाहेक अरु चाँहिदैन ।”

पूर्वखोला गाउँपालिकाका मगर बस्तीमा पनि घाटु जोगाउन पुराना पुस्ताहरु कस्सिएका छन् । उनीहरुले युवाहरुलाई साथमा लिएर घाटु नाच्ने गरेका छन् । नयाँ पुस्तालाई घाटु नाचप्रति आकर्षित गरी संस्कृतिलाई बचाउन बेलाबेलामा नाच प्रदर्शन गर्ने गरेको जल्पा ढोलीमाराकी ६० वर्षीया  फनिसरा कँवर बताउनुहुन्छ ।

“पछिल्लो समय हामीले ९ देखि १० वर्षका नानीहरूलाई सिकाइरहेका छौँ”, कँवरले भन्नुभयो । बजारका कला केन्द्रले पनि रिमिक्स गराएर घाटु नाच सिकाउने गरेका छन् । “हाम्रो गाउँमा जस्तो वास्तविकता अन्यत्र देख्न पाइँदैन”, पूर्वखोला–२, जल्पाकी भिमीसरा आलेले भन्नुभयो, “हामी सानो छँदा एक दिन एक रातसम्म नाचेको याद छ । तर, अहिले १०–१५ मिनेट मात्र देखाउने गरिन्छ ।”

घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरुले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराइकन गाउनुपर्ने भएकाले जो कोही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौती देखिएको छ ।

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, मौलाथर, भिरपानी, वडा नं. ७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देवीनगर, विरकोटलगायतका स्थानमा घाटु नचाइन्छ ।

“घाटु नाचमा देवीदेवताको कथावस्तु हुन्छ । गाउँलेहरू धनुष लिएर हरिण मार्न जान्छन् । हरिण मारेपछि गाउँलेहरू खुकुरीले त्यसको छाला काढ्छन् । त्यसपछि राजालाई दिने चलन छ”, मौलाथरकी माया सारुले भन्नुभयो, “राजा खुसी भएपछि गाउँलेलाई वायुपंखी घोडा उपहार दिने गर्छन् ।” उहाँका अनुसार यही खुसी मनाउन गाउँलेहरूमा घाटु नाच्ने चलन चलेको हो । घाटुमा मादल मात्र बजाइन्छ । मंगलाचरणमा विभिन्न देवीदेवताको नाम सम्झना हुन्छ । नाच नाच्नुअघि अक्षताले इष्टदेवी देवचुली, गङ्गाचुलीलगायतको पूजा गर्ने चलन छ ।

Previous Post

शशांक कोइराला आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने

Next Post

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In