काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।
पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।













